• पाकिस्तानको पञ्जाब प्रान्तको फैसलाबाद शहरमा रहेको एक कारखानामा विस्फोट हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ ।

    प्रारम्भिक अनुसन्धानले ग्यास चुहावटका कारण गम बनाउने उद्योगमा विस्फोट भएको देखाएको उद्धार कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विस्फोटका कारण कारखाना नजिकैका नौ वटा घरमा क्षति पुगेको आपत्कालीन सेवाका प्रवक्ता फारुक अहमदले बताए ।

    मृत्यु हुनेहरुमा तीन जना कामदार र बाँकी स्थानीयबासी हुनसक्ने खबरमा उल्लेख छ । विस्फोटमा अन्य धेरै घाइते भएका प्रहरीले बताए पनि सङ्ख्याबारे जानकारी दिएको छैन ।

    यसैबीच पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले पीडित र उनीहरूका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।