

-
काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यससँगै आगामी एघारौं महाधिवेशनमा ओली –पोखरेलको रोचक प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
बिहीबार बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीलाई पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएर अभिभावकीय भूमिकामा रहन सुझाव दिँदै आफूले पार्टी हाँक्ने बताएका हुन् ।
‘तपाईं पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिनुस् । म अब पार्टी हाँक्छु, तपाईँले नमाने म महाधिवेशनमा प्रतिस्पर्धा गर्छु ’,बैठकमा पोखरेलले राखेको धारणा उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘तपाईंका पछिल्ला कार्यशैली, व्यवहार, दृष्टिकोण र निर्णय ठिक छैनन् । जनताले रुचाएका पनि छैनन् ।’
पोखरेलले भदौ २३ र २४ को घटना र त्यसपछिको स्थितिको विश्लेषण गर्दै ओलीलाई बिदा लिन सुझाव दिएका हुन् । जवाफमा ओलीले आफू नछोड्ने र प्रतिस्पर्धा गर्नेभए स्वस्थ प्रतिस्पर्धा गर्न चेतावनी दिएका थिए ।
‘प्रतिस्पर्धा गर्न पाइन्छ । तर पार्टी एकता कायम हुनुपर्छ । विगतमा प्रतिस्पर्धा गर्नेहरू अहिले कहाँ छन् भन्ने पनि ख्याल गर्नुहोला’, ओलीले पोखरेललाई भनेका छन्, ‘ठिक छ प्रतिस्पर्धा गरौँ ।’
ओलीले यति भनेपछि पुन पोखरेल बोलेका थिए । उनले आफू माधव नेपाल र भीम रावल नभएको बताएका छन् । एमालेको महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौँमा हुँदैछ ।
पोखरेलसहितका नेताहरूलाई पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको साथ रहने बताइएको छ । बिहीबारको सचिवालय बैठकमा नेताहरूले विद्याको सदस्यताबारे सोधखोज गर्दा ओलीले केही बताएनन् ।
बरु मधेसको तनावबारे प्रसङ्ग निस्किएपछि महासचिव शंकर पोखरेलले मुख्यमन्त्री सरोज यादवले राजीनामा दिनु उपयुक्त हुने धारणा राखेका थिए ।
News Desk 0 response शुक्रबार, मंसिर ६, २०८२

सम्बन्धित शीर्षकहरु
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिश, प्रतिपक्षको विरोध
मङ्लबार, बैशाख १५, २०८३-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी..
मङ्लबार, बैशाख १५, २०८३ -
२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष..
मङ्लबार, बैशाख १५, २०८३ -
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि सुरु
मङ्लबार, बैशाख १५, २०८३ -
आज र भोलि कोशी र गण्डकीका केही..
मङ्लबार, बैशाख १५, २०८३ -
सुकुम्वासी बस्ती खाली गर्ने सरकारको अभियानविरुद्ध दायर..
मङ्लबार, बैशाख १५, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल..
आइतवार, बैशाख ६, २०८३



