

-
काठमाडौं : संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदाधिकारी नियुक्ति गर्नेगरी सरकारले तयारी अघि बढाएको छ । मंगलबार मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
अहिले प्रमुख निर्वाचन आयुक्त र एक आयुक्तको पद रिक्त छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तीन सातापछि आयुक्त किशोर सिलवालले अवकाश पाउँदैछन् । संवैधानिक व्यवस्था अनुसार, संवैधानिक पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ पदाधिकारीको नाम सिफारिस हुनुपर्छ ।
यसअघि जारी भएको अध्यादेश निष्क्रिय भएकाले अहिले संवैधानिक परिषद्सम्बन्धी कानुनी अन्यौल थियो । अध्यादेशमा उपस्थित सदस्यहरूको बहुमत रायलाई निर्णायक हुने व्यवस्था प्रस्ताव गरिएको छ ।
अहिले संवैधानिक परिषद्मा प्रधानमन्त्री सुशीला कार्की अध्यक्ष र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा रानामगर सदस्य छन् ।
६ सदस्यीय परिषद्मा प्रमुख विपक्षी दलका नेताको पद रिक्त छ । सदस्यहरूमध्ये सभामुख देवराज घिमिरेले बैठकमा सरकारलाई असहयोग गर्नसक्ने आंकलनका साथ गणपूरक संख्या र निर्णयको व्यवस्था परिमार्जन गरिएको हो ।
अध्यादेशमा संसदीय सुनुवाइको नयाँ व्यवस्था थपिएको छ । जसअनुसार, अहिले नियुक्त हुने संवैधानिक पदाधिकारीहरूले निर्वाचनपछि प्रतिनिधिसभा गठन हुनासाथ संसदीय सुनुवाइको सामना गर्नुपर्नेछ । सुनुवाइबाट अनुमोदन हुन नसके उनीहरू पदमुक्त हुने व्यवस्था परिकल्पना छ ।
संसदीय सुनुवाइबिनै संवैधानिक नियुक्ति गर्ने प्रावधानसहितको अध्यादेश सिफारिस
मन्त्रिपरिषद् सम्बद्ध स्रोतका अनुसार, सरकारले प्रमुख निर्वाचन आयुक्त र एक आयुक्त नियुक्तिलाई प्राथमिकता दिएको हो । ‘अहिलेसम्म कार्यबाहक प्रमुख निर्वाचन आयुक्तले निर्वाचन गराएको रेकर्ड छैन भन्ने कुरा उठेपछि निर्वाचन आयोगमा पदाधिकारी नियुक्तिको गृहकार्य भएको हो ।’आयुक्त ईश्वरीप्रसाद पौड्याल र त्यसपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अवकाशपछि निर्वाचन आयोगमा दुई पदाधिकारी रिक्त छन् ।
सरकारले आयोगलाई प्राथमिकतामा राखेर अध्यादेश जारी गरेको प्रधानमन्त्रीको सचिवालयसम्बद्ध स्रोतले जनायो । प्रधानमन्त्री सुशीला कार्कीले बुधबारको सर्वदलीय बैठकमा पनि त्यो संकेत गरिन् ।
‘निर्वाचन आयोगको सबलीकरण निर्वाचनको लागि एउटा अनिवार्य शर्त हो,’ उनले भनिन्, ‘हामी निर्वाचन आयोगलाई बलियो र प्रभावकारी बनाउन, यसको सुदृढीकरणका लागि आवश्यक सबै प्रकारका सहयोग गर्छौं ।’
अब सरकारले दुई ढंगले निर्वाचन आयोगमा पदाधिकारी नियुक्ति गर्नसक्छ । संवैधानिक परिषद्ले अहिलेको कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई प्रमुख आयुक्तको जिम्मेवारी दिएर अरु दुई आयुक्त सिफारिस गर्नसक्छ । अथवा, नयाँ प्रमुख निर्वाचन आयुक्त सिफारिस गरी अर्का एकजना आयुक्तको सिफारिस पनि गर्नसक्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दोस्रो वरीयतामा रहेका आयुक्त किशोर सिलवाल २३ मंसिरमा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउँदैछन् । प्रधानमन्त्रीसम्बद्ध स्रोतका अनुसार, ‘त्यो रिक्तता सम्बोधन गर्नपनि नयाँ नियुक्ति गर्नुपर्ने आवश्यकता देखिएको हो ।’
News Desk 0 response बुधबार, मंसिर ४, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


