• काठमाडौँ । 

    निजामती सेवामा खारिएका र अनुभवी कर्मचारीले  सार्वजनिक निकायको नतिजा थप परिणाममुखी बन्ने छ  । अनुभवी र खारिएका कर्मचारीले प्रदान गर्ने सेवा गुणस्तरीय हुने भएकाले अहिले पनि विभिन्न विभागका महानिर्देशक र कतिपय जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका कर्मचारीको नतिजालाई हेर्दा अनुभवी कर्मचारीले दिने सेवाबाट बढी नतिजामुखी हुने गरेको पाइएको छ ।

    तर, एक जना सचिव पचास वर्षको हाराहारीमै अवकाशमा जाँदै छन् ।  उनको अनुभव र ज्ञानको प्रयोग सरकारले प्रयोग गर्नु पर्ने दबाब पनि परेको छ । 

    आगामी निर्वाचन गराउने मुख्य जिम्मेवारी बोकेको वर्तमान चुनावी सरकारले प्रशासनिक संयन्त्रलाई चुस्त–दुरुस्त बनाउँदै नयाँ मुख्य सचिव नियुक्तिका प्रक्रियालाई तीव्रता दिइरहेको छ । निर्वाचन व्यवस्थापनलाई सफल बनाउन सक्षम र अनुभवी प्रशासक आवश्यक पर्ने ठहरसहित सरकारले सचिव स्तरका केही सम्भावित नाममध्ये गोकर्णमणि दुवाडीलाई अग्र पङ्क्तिमा राखेको स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री निकट स्रोतका अनुसार निर्वाचनमा गहिरो अनुभव, प्रशासनिक दक्षता र आर्थिक मितव्ययिताका कारण दुवाडी सरकारको प्राथमिक छनोटमा पर्न सक्छन् ।  अघिल्लो आमनिर्वाचन तथा स्थानीय निर्वाचनमा दुवाडी निर्वाचन आयोगमा बसेर सचिवको भूमिकामा रहेर जिम्मेवारी पूरा गरेका थिए । उनले त्यसबेला आयोगलाई उपलब्ध गराइएको सरकारी बजेटको बाँकी रकम समेत फिर्ता पठाएका कारण ‘निश्कलंक र मितव्ययी प्रशासक’का रूपमा परिचित छन् ।

    जेनजी आन्दोलनका क्रममा घरसमेत क्षति हुने मध्येमा उच्च प्रशासक दुवाडी हुन् । हुनत सचिव अवधिका कारण वर्तमान मुख्य सचिव एकनारायण अर्याल र उनको  अवकाशको समय उही हो । तर, दुवाडीको उमेर निक्कै कम छ । 

    सहसचिव हुँदा खुला प्रतिस्पर्धाबाट चयन भएका उनी अहिले पचास वर्षको हाराहारीमा छन्, जसका कारण उनको सेवा अवधि अझै पर्याप्त रहेको छ । 

    गृहसचिव र प्रमुख जिल्ला अधिकारीको भूमिकासमेत निर्वाह गरेका दुवाडीको सुरक्षा निकायसँगको कार्य–समन्वय राम्रो रहेको अधिकारीहरू बताउँछन् । कूटनीतिक व्यवहार, निर्विवाद छवि र राजनीतिक रूपमा निष्कलङ्क मानिने स्वभावका कारण उनी सरकारका लागि ‘उपयुक्त विकल्प’ बन्न सक्ने उनीसँगै काम गरेका एक सहसचिवले बताए । 

    आगामी निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन सरकार अहिले मुख्य सचिवको चयन पनि सोही अनुरूप गर्न आवश्यक छ ।  

    हुन त उनलाई आन्दोलनका क्रममा भएको घटनाको छानबिनका क्रममा उपत्यका छाड्न नपाउने गरी रोक लगाएको थियो । तर, पछि सो  रोक हटाइएको छ । गत भदौ २३ र २४ गतेका घटनाबारे बनेको जाँचबुझ आयोगले दुवाडीमाथि लगाइएको बन्देज फुकुवा गर्ने निर्णय गरेको हो । सरकारको आग्रहमा यो निर्णयअनुसार गरिएको आयोगस्रोतले जानकारी दियो । त्यसोत तत्कालीन अवस्थामा उपत्यकाको कमाण्ड समालेका एआईजी दानवहादुर कार्की पनि छानवीनको घेरामा थिए । तर, उनलाई यही सरकारले प्रहरी प्रमुख बनाइसकेको छ ।