

-
ताइवानमा चिनियाँ आक्रमण भएमा सेना तैनाथ गर्ने सम्भावनामाथि जापानी प्रधानमन्त्री सनेई ताकाइचीले दिएको धम्कीलाई लिएर कूटनीतिक विवाद गहिरिँदै जाँदा चीनले आफ्ना नागरिकलाई जापानको यात्रा नगर्न आग्रह गरेको छ । चीनले बेइजिङमा रहेका जापानी राजदूतलाई पनि बोलाएको बीबीसीले जनाएको छ ।
चीनले ताइवानमाथि आक्रमण गरेमा जापानले आफ्नै आत्मरक्षा बल प्रयोग गरेर जवाफ दिन सक्छ भन्ने जापानी प्रधानमन्त्रीको भनाइपछि यो हप्ता दुई देशबीच वाकयुद्ध बढेको छ । दुवै देशका विदेश मन्त्रालयले एकअर्कासँग गम्भीर विरोध जनाएका छन् ।
यो विवादले चीन र जापानबीच ऐतिहासिक शत्रुताका साथै स्वशासित ताइवानको सार्वभौमसत्तामाथि लामो समयदेखि रहेको रणनीतिक अस्पष्टतालाई छोएको खबरमा उल्लेख छ ।
गएको शुक्रवार संसदीय बैठकमा एक विपक्षी सांसदले ताकाइचीलाई ताइवानसँग सम्बन्धित कुन परिस्थिति जापानका लागि अस्तित्व खतराको स्थिति मानिनेछ भनेर सोधेका थिए । जवाफमा ताकाइचीले ताइवानमा युद्धपोत र बल प्रयोग हुन्छ भने त्यसले अस्तित्व खतराको स्थिति सिर्जना हुन सक्ने बताएका थिए ।
News Desk 0 response आइतवार, मंसिर १, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


