

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एच–वान बी’ भिसाको बचाउ गर्दै अमेरिकासँग पर्याप्त प्रतिभा नभएको र अन्य देशहरूबाट प्रतिभा ल्याउनुपर्ने बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले ‘एच–वान बी’ भिसाको बचाउ गरेका बीबीसीले जनाएको छ ।
अन्तर्वार्ताका क्रममा पत्रकारले दक्ष विदेशी कामदारका लागि एच–वान बी भिसालाई प्राथमिकता दिए अमेरिकी कामदारहरूको तलब बढाउने सरकारको लक्ष्य हासिल गर्न सहज हुने बताएका थिए ।
तर ट्रम्पले पत्रकारको तर्कलाई प्रतिवाद गर्दै प्रतिभा भित्र्याउन आवश्यक रहेको बताएका खबरमा उल्लेख छ । अमेरिकामा प्रतिभाशाली मानिसहरू छन् भन्ने पत्रकारको भनाइमा उनले आफूहरूसँग निश्चित प्रतिभाहरू नभएको जिकिर गरे ।
ट्रम्पले यस वर्षको सेप्टेम्बरमा ुएच–वान बीु भिसा आवेदकहरूको शुल्क बढाएर १ लाख अमेरिकी डलर पुर्याएका थिए । ‘एच–वान बी एक अस्थायी भिसा हो जसले अमेरिकी रोजगारदाताहरूलाई वैज्ञानिक, इन्जिनियर र शिक्षकजस्ता उच्च दक्ष सीप भएका विदेशी कामदारहरूलाई काममा राख्न अनुमति दिन्छ ।
ुएच–वान बीु भिसा अन्तर्गत अमेरिका जाने भारतीयहरूको सङ्ख्या धेरै छ । सन् २०२३ मा यो भिसा प्राप्त गर्नेमध्ये ७२ प्रतिशत भारतीय थिए भने दोस्रो स्थानमा १२ प्रतिशतसहित चिनियाँहरू थिए ।
News Desk 0 response बुधबार, कार्तिक २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


