

-
भदौमा देशभर भड्किएको जेनजी आन्दोलनले राजनीतिक नेतृत्व मात्र होइन, प्रशासनिक संरचनामा समेत ठूलो धक्का पु¥यायो । भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध उर्लिएको जनआक्रोश अराजक रूपले फैलिँदै जाँदा राजनीतिक दलका शीर्ष नेतासमेत सुरक्षित रहन सकेनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्टमन्त्री आरजू राणाको निवासमा भीड पस्दा उनीहरूसमेत कुटपिटको शिकार बने । धेरै नेता घर छोडेर भागे, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेनाले सुरक्षित ठाउँमा राख्नुप¥यो । दश वर्ष सशस्त्र युद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत भीडबाट भागेर केही समय वेपत्ता भएका थिए । सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म आगलागी र तोडफोडको असर देखियो ।
यही अराजकता बीच नेपाल सरकारका तत्कालीन गृहसचिव गोकर्ण मणि दुवाडीको पनि घर जलाईयो । उनी एक मात्र उच्च प्रशासनिक अधिकारी हुन् जसको घर जल्यो । नागर्जुन–२ स्थित साँघुरो बाटो भित्र रहेको उनको पुरानो घरमा आन्दोलनकारीले आगजनी गरेपछि परिवारसहित उनी सुरक्षाकर्मीको सहायतामा बास बस्न पर्ने अवस्था आयो । ‘सादा जीवन, ईमानदार छवि’का रुपमा चिनिँदै आएका दुवाडी गृहसचिवको पदमा रहेका कारण मात्रै लक्षित भएको परिवारको बुझाइ छ ।
राजनीतिक उथलपुथलपछि बनेको नयाँ सरकारले अब आन्दोलनकालीन क्षतिको तथ्यांक संकलनलाई प्राथमिकतामा राखेको छ । विडम्बना के छ भने आगोले आफ्नो घर जलेको पीडामा रहेका उही दुवाडी अहिले सरकारले गठन गरेको छानवीन समितिको निगरानीमा परेका छन् । उनी हाल राष्ट्रिय योजना आयोगका सचिवको भूमिकामा रहेका छन् र आन्दोलनका कारण राष्ट्रव्यापी रूपमा नष्ट÷भङ्ग भएका सरकारी संरचना, भवन, सवारी र दस्तावेजहरूको क्षति विवरण संकलन कार्यमा नेतृत्व गरिरहेका छन् । घर जलेको पीडा बोके पनि दुवाडी संयमित रूपमा प्रशासनिक जिम्मेवारीमा सक्रिय छन् ।
News Desk 0 response मङ्लबार, कार्तिक २६, २०८२

सम्बन्धित शीर्षकहरु
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
दुर्गा प्रसाईं दिल्लीमा, सरकारले बोलायो वार्तामा
मङ्लबार, मंसिर १७, २०८२



