

-
काठमाडौं : आज काठमाडौं उपत्यकामा यसवर्षकै न्यून तापक्रम मापन भएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव १ डिग्री सेल्सियसमा झरेको हो । काठमाडौंमा हिजो न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको थियो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियसकोबीचमा रहने अनुमान छ । त्यस्तै जुम्लामा अहिले बिहानको न्यूनतम तापक्रम माइनस २।४ डिग्री सेल्सियस मापन भएको छ ।
आज जुम्लामा न्युनतम तापक्रम माइनस तीन डिग्री सेल्सियससम्म झर्न सक्ने अनुमान छ । देशका अरू धेरै ठाउँमा पनि चिसो बढ्न थालेको छ । दिउँसो मौसम सफा भएर घाम लाग्ने गरे पनि बिहान र बेलुका चिसो हुन थालेको हो ।
अबका दिनमा रातमा तापक्रम औसत भन्दा २ देखि ४ डिग्री सेल्सियसले तल झर्ने सम्भावना देखिएको हुँदा चिसोबाट जोगिन विज्ञको आग्रह छ । विपद् तथा जलवायू विज्ञ डा। धर्मराज उप्रेतिले न्यानो लुगा लगाउन र चिसोबाट जोगिन आग्रह गरेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । अहिले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम सफा छ । आज दिउँसो पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
News Desk 0 response मङ्लबार, कार्तिक २६, २०८२

सम्बन्धित शीर्षकहरु
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


