

-
जापानको उत्तरपूर्वी क्षेत्र कुजि केन्द्रविन्दु भएर हिजो साँझ ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार यो भूकम्प समुद्र सतहको झन्डै १६ किलोमिटर गहिराइमा गएको हो । प्रारम्भिक मापन अनुसार केही तटीय क्षेत्रमा १० देखि २० सेन्टिमिटरसम्मका स–साना सुनामीका लहरहरू देखिएका थिए, तर ठूलो क्षति वा बाढीको विवरण भने अहिलेसम्म नआएको यूरोन्यूजले जनाएको छ ।
अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण समेत आएको छैन । भूकम्प गएको क्षेत्र नजिकै दुई वटा परमाणु ऊर्जा संयन्त्र रहे पनि त्यहाँ क्षति नभएको भनिएको छ । भूकम्पका कारण केही क्षेत्रहरूमा अस्थायी रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको र टोहोको शिंकान्सेन बुलेट रेल सेवा रोकिएको छ ।
अधिकारीहरूले आउँदो केही दिनमा अरु परकम्प आउन सक्ने चेतावनी दिएका छन् । जापानकी प्रधानमन्त्री साने ताकाइचीले सामाजिक सञ्जालमार्फत नागरिकलाई तटीय क्षेत्रबाट टाढा रहन र सतर्क रहन आग्रह गरेका छन् ।
News Desk 0 response सोमवार, कार्तिक २५, २०८२

सम्बन्धित शीर्षकहरु
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


