काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीकी इन्स्पेक्टर अनु लामालाई स्पष्टीकरण सोधेको छ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो।
लामा बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत छिन्।
सूचना अनुसार उनी ४५ दिनदेखि कार्यालयमा उपस्थित भएकी छैनन्।
दस दिनको बिदा लिएर असार २५ गते बिदामा बसेकी उनले त्यसपछि पुनः १० दिन थप बिदा स्वीकृति गराएकी थिइन्।
२० दिनको बिदा सकाएर साउन १६ गते कार्यालयमा हाजिर हुनुपर्नेमा त्यसयता कसैलाई जानकारी नगराई गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनमा उल्लेख छ।
त्यसपछि खोजतलास र सूचना टाँस गराउँदासमेत अनुपस्थित भएपछि सार्वजनिक सूचना जारी गरिएको गृह मन्त्रालयले जनाएको छ।
सूचना प्रकाशित भएको ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन गृहले निर्देशन दिएको छ।
‘अन्यथा तपाईं उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१० को खण्ड ९च० को बिदा स्वीकृत नगराई लगातार ४५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कसूरमा ऐ। नियमावलीको नियम १०९ को खण्ड ९ख० ९१० बमोजिम ‘भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउनेु कारवाही भइजानेछ,’ सूचनामा भनिएको छ।