

-
नेकपा एकीकृत समाजवादीलगायतका पार्टीसँग एकीकरण गर्ने पार्टी निर्णय विरुद्ध विद्रोह गर्दै पार्टी उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)सहितका नेताहरुले प्रगतिशिल अभियान नेपाल नामक अभियानको घोषणा गरेका छन् ।
योसँगै नेकपा माओवादी केन्द्र औपचारिक रुपमा विभाजित भएको छ ।
नेकपा माओवादी विभाजन भएसँगै उक्त पार्टीका नेता कार्यकर्ताहरु पनि विभाजित भएका छन् । कतिपयका घर परिवार नै विभाजित भएका छन् । त्यसरी परिवार नै विभाजित हुनेमा पूर्वअर्थमन्त्री शर्मा नै अगाडि देखिएका छन् । पार्टीमा आएको विभाजनसँगै अहिले शर्मा परिवार ३ धारमा बाँडिन पुगेको छ । कोही शर्मासँगैको अभियानमा लागेका छन्, कोही विभाजनप्रति आपत्ति जनाउँदै पार्टीमै कृयाशिल देखिएका छन्, कोही भने मौका आउँदा खुल्ने गरि तठस्थ देखिएका छन् ।
शर्माका सहोदर भाई तथा माओवादी केन्द्रिय सदस्य ओपेन्द्र शर्मा र बहिनी नारायणी शर्मा पार्टी विभाजनको विपक्षमा उभिदै मंगलबार भएको केन्द्रिय कमिटीको बैठकमा सहभागि भएका छन् । उनीहरु दुवै जनाले परिवार र राजनीति फरक भएको दावी गर्दै दाई जनार्दनको पक्षमा नलाग्ने घोषणा गरेको माओवादी स्रोतले जानकारी दियो ।
उनीहरुका कान्छा भाइ तथा पार्टी केन्द्रिय सदस्य अनिल शर्मा भने पूर्वअर्थमन्त्री शर्माको पक्षमा उभिएका छन् । पार्टी केन्द्रिय सदस्य तथा उनीहरुका बहिनीज्वाइँ ओमनाथ ढुंगाना अर्थात ओम शर्मा भने अहिलेसम्म नखुलेको बताइएको छ । त्यस्तै कर्णाली प्रदेश कमिटीको अध्यक्ष रहेकी भाइबुहारी विमला केसी (जो प्रदेशको पूर्व कृषि मन्त्री हुन्) पनि खुलेकी छैनन् । तर, उनी पार्टीमै सक्रिय रहन सक्ने अडकलवाजी माओवादीका कर्णाली प्रदेशका कार्यकर्ताहरुले गरेका छन् ।
News Desk 0 response मङ्लबार, कार्तिक १९, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


