

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम अफ्रिकी देश नाइजेरियामा सैन्य कारबाहीको धम्की दिएका छन् । नाइजेरियाले ईसाईहरूको हत्यालाई रोक्न असफल भएमा छिटै सैन्य कारबाहीका लागि तयारी गर्न ट्रम्पले रक्षा विभागलाई आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यदि ईसाईहरूको हत्या नरोकिए नाइजेरियालाई दिइने सबै सहायता र सहयोग बन्द गर्ने चेतावनी पनि दिएका छन् । यदि अमेरिकाको तर्फबाट कुनै आक्रमण भयो भने ईसाईहरूमाथि भएको आतङ्कवादी आक्रमण जस्तै द्रूत, निर्णायक र निर्दयी हुने उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा उल्लेख गरेका छन् ।
यसैबीच नाइजेरियाली राष्ट्रपति बोला अहमद टिनुबुले अमेरिकी राष्ट्रपतिको आरोपलाई पूर्णरूपमा अस्वीकार गर्दै देशमा कुनै पनि धार्मिक समूहको सङ्गठित उत्पीडन नभएको दाबी गरेको खबरमा उल्लेख छ ।
ट्रम्पले भने नाइजेरियामा ईसाईहरूको हत्या भइरहेको र उनीहरूको अस्तित्व खतरामा रहेको जिकिर गरेका छन् ।
धार्मिक हिंसा र आतङ्कवादी आक्रमणका घटनाहरू निरन्तर बढिरहँदा अमेरिकी प्रशासनले नाइजेरियालाई विशेष निगरानी सूचीमा समावेश गरेको छ ।
News Desk 0 response आइतवार, कार्तिक १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


