

-
भारत र अमेरिकाले आउँदो १० वर्षमा रक्षा सहयोग विस्तार गर्न एक रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी रक्षा सचिव पिट हेगसेथ र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच मलेशियाको क्वालालम्पुरमा भएको बैठकपछि यो सम्झौताको घोषणा भएको बीबीसीले जनाएको छ ।
यो सम्झौताले समन्वय, सूचना आदानप्रदान र प्राविधिक सहयोग बढाउनुका साथै क्षेत्रीय स्थिरता र प्रतिरोधलाई अगाडि बढाउने अमेरिकी रक्षा सचिव हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत बताएका छन् ।
यस्तै भारतीय रक्षामन्त्री राजनाथ सिंहले यो सम्झौताले दुई देशबीचको पहिले नै बलियो रक्षा साझेदारीमा नयाँ युगको शुरुआत गर्ने ‘एक्स’ मा उल्लेख गरेका छन् ।
दुई देशबीच बढ्दो रणनीतिक सहकार्यलाई बलियो बनाउने उद्देश्यले गरिएको यो सम्झौताले भारत–अमेरिका रक्षा सम्बन्धलाई नयाँ युगतर्फ अग्रसर गराउने खबरमा उल्लेख छ । भारत र अमेरिकाले आफ्नो रक्षा सम्बन्धलाई निरन्तर बढाउँदै लगेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार शुल्क लगाएपछि दुई देशले व्यापार सम्झौता गर्ने र तनावपूर्ण सम्बन्धलाई अन्त्य गर्ने प्रयास गरिरहेका बेला रक्षा सम्झौता भएको हो । यसमा रुसी तेल र हतियार खरिद गर्दा भारतले बेहोरिरहेको २५ प्रतिशत जरिवाना पनि समावेश छ ।
News Desk 0 response शुक्रबार, कार्तिक १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



