• काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजनीतिक दलसहितको बैठकमा जेनजीहरुले आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन् ।

    बुधबार भएको त्रिपक्षीय वार्तामा जेनजीहरुले सुशासन, भ्रष्टचारीहरुलाई कारबाही लगायतका मागहरू सरकारले सम्बोधन गर्नुपर्न बताए ।

    जेनजीहरुले आफूहरूलाई चुनाव चाहिएको भए पनि चुनाव मात्रै भएर नहुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ’जेनजीहरुले बैठकमा भने ।