

-
काठमाडौं : काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्व मनाउनका लागि महानगरभित्र आठ स्थान तोकेको छ।
काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन्। उनका अनुसार कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाटमा छठ पर्व मनाउनका लागि ठाउँ तोकिएको छ।
महानगरले यी तोकिएका स्थानहरूमा सरसफाइको काम सुरु गरिसकेको पाण्डेले बताए। सरसफाइका लागि ३ सयभन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन्। उनले छठ पर्व व्यवस्थित रूपमा मनाउन कुनै कमी नहुने गरी तयारी गरिएको जानकारी दिए।
पाण्डेले छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाइने स्पष्ट पारेका छन्। कसैले कुनै प्रकारको शुल्क लिन खोजेमा जानकारी गराउन पनि उनले आग्रह गरे। यस्तै, छठ मनाउन तोकिएको ठाउँमा सवारी पार्किङ नगर्न पनि उनले अनुरोध गरेका छन्। यस वर्ष कार्तिक १० गते छठ पर्व मनाइँदैछ।
News Desk 0 response शनिबार, कार्तिक ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


