

-
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचन सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन्।
शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी प्रतिनिधिहरूसँगको छलफलमा उनले सो कुरा बताएका हुन्।
छलफल साँझ साढे ६ बजेबाट सुरू भएको थियो।
छलफलमा राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनले चाहेअनुरूप भ्रष्टाचार, नातावाद, कृपावाद, पक्षपातपूर्ण व्यवहारबाट देश मुक्त होस् र सही मानिसले देश चलाओस् भनेरै नयाँ चुनाव घोषणा गरिएको बताए।
त्यसैले यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा लिन उनले आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
‘यो चुनावमा तपाईं युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउनुस्। भ्रष्ट र बदमास जित्न नपाऊन्, असल र इमानदारहरू जितेर आऊन्,’ राष्ट्रपति पौडेलका भनाइ उद्धृत गर्दै पोखरेलले भने, ‘त्यसपछि देश न्याय र सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ। र, युवाहरू बाध्याताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ।’
राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई समेत सहभागफ गराएर जेनजीका प्रतिनिधि राखेर छलफल गरेको पनि उल्लेख गरे। त्यस्तै उनीहरूका बाँकी मागबारे सरकारले ध्यान दिने स्पष्ट पारे।
युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तरनिहित राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अधिकार प्रयोग गरेर यो अन्तरिम सरकार गठन भएको उनले बताए। यसलाई आन्दोलनको सफलताको रूपमा लिएर फागुन २१ गतेको चुनावमा होमिन उनले आग्रह गरे।
राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरेको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहनेहरूबाट सचेत रहन पनि आग्रह गरे।
बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्री सहभागी थिए।
प्रधानमन्त्री कार्कीले वृद्ध उमेरमा पनि स्वास्थ्य ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थिति सम्हाल्न रातभर अथक प्रयास गरेको भन्दै प्रशंसा गरिन्।
राष्ट्रपतिले युवाहरूलाई गरेको यो आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको उनले बताइन्। त्यस्तै राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनतका लागि निरन्तर संर्घष गरेको परिपक्व नेता भएको उल्लेख गर्दै उनका भनाइ अन्तष्करणको आवाजका रूपमा लिन प्रधानमन्त्रीले आग्रह गरिन्।
जेनजी प्रतिनिधिहरूले आन्दोलन सामाजिक, आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचार विरूद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, संघीयता, समावेशिता विरूद्ध नरहेको स्पष्ट पारेका थिए।
उनीहरूले आफूहरू सम्पूर्ण रूपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गरे। तर यसका लागि आन्दोलनलाई मान्यता दिँदै मागहरू पूरा हुनुपर्ने बताए।
बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरूषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए।
News Desk 0 response बिहिबार, अशोज ३०, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३


