

-
वासिङ्टन डीसी : अमेरिका र चीनबिच जारी व्यापार तनावको बिच दुई देशका राष्ट्रपति एक अर्कालाई भेट्ने खबर आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने तालिका रहेको अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले बताए ।
यो भेट सम्भवतः यसै महिना एसिया–प्रशान्त आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनको क्रममा हुने उनले बताएका छन् । ट्रम्प यस भेटको लागि पूर्ण रूपमा तयार रहेको उनको भनाइ छ । दुई नेताहरूबिच धेरै राम्रो सम्बन्ध भएको र छलफल जारी राखिरहेको पनि बताइएको छ ।
अमेरिका र चीनबिच हाल उच्चस्तरीय वार्ता भइरहेको पनि बेसान्टले बताए । दुवै पक्षले आईएमएफ र विश्व बैंकको वार्षिक बैठकहरूमा पनि कार्य–स्तरीय छलफल गरिरहेको भनिएको छ । ‘म चीनसँग भइरहेको छलफललाई लिएर आशावादी छु । हामी धेरै तहमा संवाद बढाउँदैछौँ ।’ उनले भने ।
दुई देशहरूबिचको व्यापार युद्ध फेरि चर्किएको बेला यो बयान आएको हो । हालै, चीनले दुर्लभ खनिज पदार्थको निर्यातमा प्रतिबन्ध लगाएको थियो । यसपछि ट्रम्पले बैठक रद्द गर्ने धम्की दिए । प्रतिक्रियामा, ह्वाइट हाउसले चीन विरुद्ध नयाँ कर प्याकेज घोषणा गर्यो । ट्रम्पले चीनबाट आउने सामानमा थप सय प्रतिशत ट्यारिफ लगाउने घोषणा गर्दै चीनले अमेरिकी बजारमा अनुचित फाइदा लिन नसक्ने भनेका थिए ।
एपेक शिखर सम्मेलनमा हुन लागेको यो बैठक व्यापार तनाव कम गर्ने दिशामा एक महत्त्वपूर्ण कदम साबित हुन सक्ने विश्लेषकहरू ठानिरहेका छन् । दुई देशहरू बिचको वार्ता पुनः सुरु हुनुले विश्वव्यापी बजारमा स्थिरताको संकेत दिन सक्छ । यद्यपि, ट्रम्प प्रशासनले नयाँ १०० प्रतिशत अतिरिक्त ट्यारिफ र सफ्टवेयर निर्यात नियन्त्रणहरू लगाउने निर्णय पछि वातावरण तनावपूर्ण छ ।
News Desk 0 response बिहिबार, अशोज ३०, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


