• काठमाडौं : प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा पेश भएका सबै रिट निवेदनहरूको प्रारम्भिक सुनुवाइ कात्तिक १२ गते हुने भएको छ ।

    हिजो पेश भएका १० वटा रिट दर्ता गरेर कात्तिक १२ गतेका लागि पेशी तारिख तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । भदौ २७ गते भएको प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वमा बनेको सरकार गठनविरुद्ध रिट निवेदन परेका हुन् ।

    जेनजी आन्दोलनपछि भदौ २७ गते संविधानको धारा ६१ ९४० का आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीकै सिफारिशमा राष्ट्रपति पौडेलले संसद् विघटन गरेका हुन् ।