

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा सम्झौताका लागि अरब देश र मुस्लिम नेताहरूको प्रशंसा गरेका छन् । इजरायली संसद् ‘नेसेट’ मा सम्बोधनका क्रममा ट्रम्पले अरब देश र मुस्लिम नेताहरूले बन्धकहरूलाई रिहा गर्न हमासलाई दबाव दिन एकजुट भएको भन्दै प्रशंसा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
सम्बोधनकै क्रममा राष्ट्रपति ट्रम्पले बन्दीहरूको घर फिर्तीलाई नयाँ मध्यपूर्वको ऐतिहासिक बिहानीका रूपमा उल्लेख गरेको खबरमा उल्लेख छ ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्ने साहस देखाएको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको प्रशंसा गरेका छन् ।
ट्रम्पले हमासलाई निःशस्त्र गरिने तर यसमा अझै सहमति हुन बाँकी रहेको पनि बताए। उनले झन्डै सबै क्षेत्रले गाजालाई निःशस्त्रीकरण गर्ने र हमासलाई पनि हतियारविहीन बनाउने योजनालाई समर्थन गरेको भनिरहँदा इजरायली संसद्मा निकै लामो समयसम्म ताली बजेको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ । गाजाबाट बन्धकको रिहाइमा महत्त्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यको प्रयासमा योगदान पुर्याएको भन्दै इजरायली राष्ट्रपति इसाक हर्जोगको कार्यालयले ट्रम्पलाई देशको सर्वोच्च नागरिक सम्मान दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।
ट्रम्प इजरायलबाट इजिप्ट जाने र त्यहाँ उहाँले गाजामा शान्तिको बारेमा अन्य देशका नेताहरूसँग वार्ता गर्ने खबरमा उल्लेख छ ।
News Desk 0 response सोमवार, अशोज २७, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


