• काठमाण्डाै : विभिन्न दलका युवा नेताहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई पार्टी पुनर्गठनमा लाग्न आह्वान गरेका छन् ।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न राजनीतिक दलका २८ जना नेताले आज संयुक्त रूपमा राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य शर्त भएको उल्लेख गरेका छन् ।

    आ–आफ्ना दललाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो/तेस्रो तहका नेताहरू र ती पार्टीका जिम्मेवार सदस्यलाई आह्वान गरिएको छ ।

    जेन–जी आन्दोलनले नेपाली राजनीति, प्रशासन र न्यायपालिकालगायत भ्रष्टाचारमुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहेको र त्यसका लागि दलहरू जिम्मेवार बन्नुपर्नेमा युवा नेताहरूको जोड रहेको छ ।