• काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखका अनुसार आज दिउँसो कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै ठाउँहरुमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकासहितका केही ठाउँमा बिहानैदेखि घाम लागेको छ ।

    पछिल्ला दिनमा वर्षा गराएको प्रणाली बाहिरिए पनि मनसुन बाहिरिएको छैन् । त्यसैले हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर दुई तारिख अर्थात असोज १६ गते भए पनि अझै केहीदिन मनसुन कायमै रहने मौसमविद्को अनुमान छ ।