

-
काठमाडौं : नवरात्रीको नवौं दिन आज आइतबार नवदुर्गाको नवौं रुप सिद्धिदात्री देवीको पुजा एवं आराधना गरी मनाईदै छ ।
भक्तिभावले सिद्धिदात्री देवीको उपासना गर्नाले बाँकी देवीको पनि स्वयं उपासना हुने मान्यता रहेको छ । महादेवले पनि यिनै देवीको उपासना गरेर आठ सिद्धि प्राप्त गरेको कुरा शास्त्रमा उल्लेख छ । सिद्धिदात्रीकै कृपाले महादेवले अर्धनारेश्वर रुप धारण गरेको मानिन्छ । यिनै देवीको उपासनाबाट सवै सिद्धि प्राप्त हुने विश्वास छ ।
दाहिनेतर्फको तल्लो हातमा चक्र, माथिल्लो हातमा गदा तथा देव्रेतर्फ तल्लो हातमा शंख, माथिल्लो हातमा कमलको फूल बोकेर कमलको फूलमाथि बसेकी देवी नै सिद्धिदात्री हुन् ।
सवैभन्दा पहिले यो श्लोक पढ्दै देवी सिद्धिदात्रीको ध्यान गरौं
वन्दे वांछित मनोरथार्थ चन्द्रार्घकृत शेखराम् ।
कमलस्थितां चतुर्भुजा सिद्धीदात्री यशस्वनीम् ॥
स्वर्णावर्णा निर्वाणचक्रस्थितां नवम् दुर्गा त्रिनेत्राम् ।
शख, चक्र, गदा, पदम, धरां सिद्धीदात्री भजेम् ॥
पटाम्बर, परिधानां मृदुहास्या नानालंकार भूषिताम् ।
मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल मण्डिताम् ॥
प्रफुल्ल वदना पल्लवाधरां कातं कपोला पीनपयोधराम् ।
कमनीयां लावण्यां श्रीणकटि निम्ननाभि नितम्बनीम् ॥सिद्धिदात्री देवीको पूजा गर्दा सवैभन्दा पहिले आफ्ना कुल देवताको स्मरण गरेर समस्त देवी, देवताको आह्वान गर्दै दियो, कलस र गणेशको पुजा शास्त्रीय विधि अनुसार गर्ने । विभिन्न पुष्प, फल तथा नैवद्य अर्पण गर्दै धुपबत्ति गर्ने ।
महागौरी देवीलाई स्मरण गर्दै ‘ॐ देवी सिद्धिदात्यै नमः ।’ अथवा ‘ॐ ऐं ह्रीं क्लीं सिद्धिदात्यै नमः ।’ मन्त्र जप्दै देवीको पुजासहित आरती गर्ने । अनि दुर्गा सप्तसति महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गर्ने ।
स्तोत्र पाठ
कंचनाभा शखचक्रगदापद्मधरा मुकुटोज्वलो ।
स्मेरमुखी शिवपत्नी सिद्धिदात्री नमोस्तुते ॥पटाम्बर परिधानां नानालंकारं भूषिता ।
नलिस्थितां नलनार्क्षी सिद्धीदात्री नमोस्तुते ॥परमानंदमयी देवी परब्रह्म परमात्मा ।
परमशक्ति, परमभक्ति, सिद्धिदात्री नमोस्तुते ॥विश्वकर्ती, विश्वभती, विश्वहर्ती, विश्वप्रीता ।
विश्व वार्चिता विश्वातीता सिद्धिदात्री नमोस्तुते ॥भुक्तिमुक्तिकारिणी भक्तकष्टनिवारिणी ।
भव सागर तारिणी सिद्धिदात्री नमोस्तुते ॥धर्मार्थकाम प्रदायिनी महामोह विनाशिनी।
मोक्षदायिनी सिद्धीदायिनी सिद्धिदात्री नमोस्तुते ॥अन्त्यमा यो श्लेक पढेर ढोगिदिने
News Desk 0 response बुधबार, अशोज १५, २०८२
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेतिः चतुर्थकम् ।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीतिः महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मनाः ।।

सम्बन्धित शीर्षकहरु
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र विद्यार्थीसहित ७ जनाविरुद्ध मुद्दा दायर
मङ्लबार, भदौ २, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



