• काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले यस पटक सर्वसाधारणलाई दशैमा टीका नलगाई दिने भएका छन् ।

    दशैँको अवसरमा एक बक्तव्य जारी गर्दै शाहले वर्तमान परिस्थितिलाई राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै यसपटकको दशैंलाई पारिवारिक र सांस्कृतिक रुपमा मात्र सीमित गर्न बाध्य भएको बताएका छन्।

    उनले वक्तव्यमा नयाँ पुस्ताको मागलाई समर्थन जनाउँदै सरकारलाई त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिएका हुन्।

    उनले सन्देशमा भनेका छन्, ‘नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्यव्यवस्थाले समेट्नै पर्दछ। विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ।’