

-
काठमाडौं : पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा पहिरो खसेर हिजो बेलुकीदेखि अबरुद्ध भएको सडक आज बिहानदेखि खुलेको छ । राति पौने ९ बजे पहिरो खसेर सडक दुईतर्फी नै बन्द रहेकोमा रातभर काम गरेर बिहानदेखि खुलाइएको धादिङ प्रहरीले जनाएको छ । अहिले दुईतर्फी नै गाडी चलिरहे पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
धादिङकै धार्के–सितापाइला सडकखण्ड अन्तर्गत ठूलोखोलामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ । यस्तै मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा अस्ति मंगलबारदेखि बन्द भएको सडक अझै खुलेको छैन । हिजोदेखि नै पहिरो पन्छाउने काम भैरहे पनि ठूलो पहिरो खसेका कारण पन्छाउन नसकिएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज पनि पहिरो पन्छाउने काम भैरहेको छ । मुग्लिनबाट झण्डै साढे दुई किलोमिटरमा पर्ने तुइनखोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती खेप्दै आएका छन् । सडक खुलाउन समय लाग्ने र खुले पनि जोखिम कायमै रहने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चितवन प्रहरीले आग्रह गर्दै आएको छ । यो सडकखण्डको विकल्पमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ ।
चितवनबाट काठमाण्डौ आउजाउ गर्नका लागि साना गाडीले चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्छन् । त्यस्तै धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथ तथा मकवानपुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाण्डौ पुग्न सकिन्छ । हेटौंडा–काठमाडौं आउजाउका लागि ठूलो गाडीले कान्ति लोकपथ प्रयोग गर्न सक्नेछन् ।
चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै गाडी बुटवल हुँदै पोखरा जान सक्नेछन् । यसैगरी साना गाडी चितवनबाट कालीगण्डकी करिडोरको बाटो गैंडाकोट भिमाद हुँदै तनहुँ निस्कन सक्छन् । तर यी वैकल्पिक सडक साँघुरो र धेरै ठाउँमा कच्ची भएकाले धेरै गाडी गुड्दा जाम हुने गरेको छ ।
News Desk 0 response बिहिबार, अशोज ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


