

-
काठमाडौं : यस बर्षको दशैं हिले दशैं हुने संभावना धेरै रहेको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक एवम् मौसमविद डा. विनोद पोखरेलका अनुसार यस वर्ष हिले दशैं हुने सम्भावना धेरै छ । केही दिनसम्म मनसुन त्यति धेरै सक्रिय हुने देखिँदैन तर साँझ तथा बेलुका केही ठाउँमा वर्षा भने हुनेछ । दशैंको मध्य बेलामा पानी पार्ने प्रणाली फेरि सक्रिय हुने सम्भावना रहेकाले हिले दशैं हुनसक्ने उनको अनुमान छ ।
सेप्टेम्बर २५ तारिख अर्थात् असोज ९ गतेदेखि बंगालको खाडीमा पानी पार्ने एउटा प्रणाली विकसित हुँदैछ । त्यसको बढी असर बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालयमा पर्ने सम्भावना छ । नेपालको पूर्वी सिमानासम्म आंशिक असर पार्नसक्ने सम्भावना छ । त्यसैले नेपालमा पनि पानी पर्नसक्ने पूर्वानुमान गरिएको हो ।
मौसमविद हरिप्रसाद दाहाल बंगालको खाडीमा विकसित प्रणालीलाई नजिकबाट नियालीरहेको बताउँछन् । ‘त्यसको असर नेपालमा कस्तो पर्छ भनेर हामीले नजिकबाट नियालीरहेका छौं,’ उनले भने ।
उनले दशैंमा मौसम कस्तो हुन्छ भनेर विशेष बुलेटिन जारी गरेर जानकारी दिने बताए । ‘एक–दुई दिनमा हामी दशैं विशेष बुलेटिन जारी गरेर सम्भावित मौसमी अवस्थाबारे जानकारी दिनेछौं,’ उनले भने ।
स्थानीय वायुको प्रभावले कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्मै पानी परिरहेको छ । यो पानी आजै रातिदेखि कम हुँदै जाने पूर्वानुमान छ । तर फेरि भोलि–पर्सिसम्म पनि पानी पर्ने सम्भावना भने कायमै रहेको मौसमविदहरुले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार पानी पार्नका लागि अहिले स्थानीय वायुबाहेक अरु उल्लेखनीय प्रणाली छैन । मौसमविद हरिप्रसाद दाहालले अनलाइनखबरसँग भने, ‘आज दिउँसैदेखि मजाले परिरहेको पानी स्थानीय वायुको प्रभाव थोरै एक्टिभ भएर हो र यो आज रातिदेखि कम हुँदै जाने देखिन्छ ।’
बुधबार बेलुकी सात बजेतिर यो समाचार तयार पार्दासम्म गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मध्यमसम्मको वर्षा भइरहेको छ । लुम्बिनी, कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का पानी परिरहेको छ । राति धेरै स्थानमा पानी पर्न रोकिने पूर्वानुमान छ । तर भोलि अपराह्न फेरि धेरै ठाउँमा वर्षा हुने सम्भावना छ ।
भोलि विहीबारको दिन पनि एक–दुई स्थानमा मात्र भारी वर्षा खण्डित रुपमा हुनसक्ने सम्भावना रहेको छ । भोलि विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम खालको वर्षा हुन सक्ने पूर्वानुमान छ ।
पानी पर्ने सम्भावना यो हप्तासम्म कायमै छ । दशैंको टीकाको दिनसम्म मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेकाले पानी पर्ने पूर्वानुमान स्वाभाविक रहेको मौसमविहरु बताउँछन् ।
News Desk 0 response बुधबार, अशोज ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


