

-
यस वर्षको विश्वकै सबैभन्दा शक्तिशाली आँधी ‘रागासा’ दक्षिणी चीनमा अवतरण गरेको छ । ताइवान र हङकङमा भयानक हावा र ठूलो वर्षापछि आँधी आज चीनमा अवतरण गरेको बीबीसीले जनाएको छ ।
शक्तिशाली आँधीको सामना गर्न चीनले ग्वाङदोङ प्रान्तबाट झन्डै २० लाख मानिसलाई सुरक्षित ठाउँमा सारिसकेको छ । दक्षिण चीनका सयौं उडान रद्द भएका छन् ।
‘रागासा’ आँधीका कारण ताइवानमा ताल फुटेर कम्तीमा १७ जनाको ज्यान गएको खबरमा उल्लेख छ । ताल फुट्दा पूर्वी ताइवानमा ठूलो बाढी आएको र भूगर्भविद्हरूले यसलाई ‘पहाडबाट आएको सुनामी’ का रूपमा वर्णन गरिरहेका छन् ।
यो आँधीको प्रभाव हङकङमा पनि परेको छ । शक्तिशाली हावा र ठूलो वर्षाका कारण हङकङमा ६२ जना घाइते भएका छन् । हङकङमा सडक, होटल डुबानमा परेका छन् ।
यसअघि सोमवार फिलिपिन्सको दुर्गम उत्तरी टापुहरूमा ‘रागासा’ आँधीका कारण शहरहरू डुबानमा पर्दा कम्तीमा एक जनाको ज्यान गएको छ ।
आँधी अहिले कमजोर भएको छ तर पनि २ सय ४१ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ।
News Desk 0 response बुधबार, अशोज ८, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



