

-
काठमाडौं : नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।
राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् ।
सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।
महावीर पुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन म्याग्दी जिल्लाको नाङी गाउँमा जन्मेका हुन्। उनले करिब १२ वर्ष शिक्षक भएर काम गरेका थिए। पछि अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का एट कर्नीबाट स्नातक तह पूरा गरे।
सन् १९९२ मा उनी नेपाल फर्के र आफ्नो गाउँमा शिक्षा तथा प्रविधिको पहुँच विस्तार गर्ने काम सुरू गरे।
उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन्। उनले सन् २००७ मा रामोन म्याग्सेसे पुरस्कार पाएका थिए। साथै, नेपाल सरकारले उनलाई २०७९ सालमा एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कारबाट सम्मान गरेको थियो।
‘नवप्रवर्तनका अभियन्ता’ भनेर चिनिने अध्येता पुनले आफ्नो आत्मकथा ‘महावीर पुन’ पनि लेखेका छन्।
अनिलकुमार सिन्हा : उद्योग तथा भूमिसुधार मन्त्री अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। उनले ६५ वर्षे उमेर हदका कारण २०८० कात्तिक १४ गते अवकाश पाएका थिए।
न्यायाधीश नियुक्त हुनुअघि उनी लामो समय वरिष्ठ अधिवक्ताका रूपमा वकालतमा सक्रिय थिए। उनी कर र कर्पोरेट क्षेत्रका विशेषज्ञ वकिल मानिन्छन्।
करिब सात वर्ष सर्वोच्च अदालतमा न्यायाधीश रहँदा उनले गरेका केही संवैधानिक फैसलाहरू महत्त्वपूर्ण छन्।
केपी ओली सरकारले गरेको संसद विघटनको पहिलो निर्णय उल्ट्याउँदा संवैधानिक इजलासमा उनी पनि थिए। त्यति बेला न्यायाधीश सिन्हाले संसद पुनर्स्थापनाको पक्षमा राय दिएका थिए।
त्यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति विवादमा फैसला गर्नेमा पनि उनी थिए।
जगदीश खरेल : सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। उनी इमेज टिभीमा समाचार प्रमुखका रूपमा कार्यरत छन्।
उनले लामो समयदेखि ‘हट सिट’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
दोलखा निवासी खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन्। उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधि अध्ययन गर्दै छन्।
डा. मदन परियार : कृषिमन्त्री डा. मदन परियार समता फाउन्डेसनका अध्यक्ष हुन्।
वरिष्ठ जलवायु तथा कृषिविज्ञ डा. परियारले यसअघि संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको संयोजक रहेर काम गरेका थिए।
उनी अध्यक्ष रहेको समता फाउन्डेसन २००९ मा स्थापना भएको हो। यसले जातीय भेदभावमुक्त समाज निर्माणमा काम गर्दै आएको छ। यो संस्था दलित तथा अन्य अल्पसंख्यक समुदायको अधिकार र समावेशीताका लागि अनुसन्धान, नीति निर्माण, मानवअधिकार र नेतृत्व विकासका क्षेत्रमा सक्रिय छ।
सप्तरीका परियारले उदयपुर सिमेन्ट र कृषि औजार काराखाना वीरगन्जको महाप्रबन्धकका रूपमा पनि काम गरेका थिए।
उनी दलित समुदायबाट पिएचडी गर्ने पहिलो व्यक्ति हुन्। जलवायु परिवर्तन क्षेत्रमा पनि लामो समय काम गरे।
अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो । तर, मिश्राको भने अन्तिम समयमा आएर रोकिएको छ ।
News Desk 0 response सोमवार, अशोज ६, २०८२

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


