

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बगराम एअरबेस फिर्ता नदिए गम्भीर परिणाम भोग्ने धम्की दिएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत यदि अफगानिस्तानले बगराम एअरबेस उसको निर्माता अमेरिकालाई फिर्ता नदिए गम्भीर परिणाम भोग्ने बताएका हुन्।
अमेरिकी राष्ट्रपतिले यसअघि पनि बगराम एअरबेस फिर्ता लिने इच्छा व्यक्त गरिसकेका छन् । केही दिनअघि बेलायत भ्रमणका क्रममा उनले सरकार अफगानिस्तानको बगराम एअरबेस फेरि प्राप्त गर्ने प्रयासमा रहेको बताएका थिए ।
यसैबीच अफगानिस्तानका तालिबान अधिकारीले बगराम एअरबेसमा अमेरिकी सम्झौता सम्भव नभएको बताएका छन् । अफगान रक्षा मन्त्रालयका चिफ अफ स्टाफ फासिहुद्दीन फित्रतले अफगानिस्तानको एक इन्च जमिनमाथि पनि सम्झौता सम्भव नभएको प्रतिक्रिया दिएका समाचार संस्था एएफपीले जनाएको छ ।
अफगानिस्तानको राजधानी काबुलको उत्तरमा रहेको बगराम एअरबेस तालिबानविरुद्धको २० वर्ष लामो युद्धमा अमेरिकी सेनाको प्रमुख केन्द्र रहेको थियो । अमेरिकी फौजले त्यागेको चार वर्षपछि ट्रम्पले अफगानिस्तानलाई अड्डा फिर्ता नदिए सजाय दिने चेतावनी दिएका हुन् ।
News Desk 0 response आइतवार, अशोज ५, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



