

-
चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा हिजो साँझदेखि खसेको पहिरोका अवरुद्ध सडक शनिबार बिहान १० बजेसम्म सञ्चालनमा आउन सकेको छैन। चितवनको तुईन खोला पुल नजिकै निरन्तर पहिरो झर्दा यातायात पूर्णरूपमा ठप्प भएको हो।
हिजो साँझ करिब ७ः१५ बजेतिर खसेको ठूलो पहिरोपछि रातभर ढुंगा खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन सम्भव नभएको र यात्रु सुरक्षालाई मध्यनजर गर्दै बिहान ४ बजेसम्मका लागि आवागमन नगर्न हिजै आग्रह गरिएको थियो।
तर पहिरो पन्छाउने प्रयास हुँदैगर्दा आज ९शनिबार० बिहान ७:४० मा थप ठूलो पहिरो खसेर सडक करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा ढाकिएको सडक डिभिजन भरतपुरले जनाएको छ। माथिबाट ढुंगा खस्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन कठिनाइ भएको जनाइएको छ।
हाल तीनवटा लोडर र दुईवटा एक्साभेटर परिचालन गरी दुवैतर्फबाट पहिरो हटाउन प्रयास भइरहेको छ। मुग्लिनतर्फबाट थप एउटा एक्साभेटर पनि साइटतर्फ जाँदै छ।
सडक डिभिजनका अनुसार माथिबाट ढुंगा खस्ने क्रम रोकिएमा अझै कम्तीमा चार घण्टामा सडक सञ्चालनमा ल्याउन सकिने सम्भावना छ। त्यसैले सबै सहज ढंगले काम भएमा दिउँसोतिर मात्रै सडक खुल्ने अनुमान गरिएको छ।
यसबीच यात्रुहरूलाई धैर्य गर्न तथा सुरक्षित स्थानमा रहन अनुरोध गर्दै यही विषयलाई मध्यनजर गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बैठक बोलाएको छ। प्राप्त जानकारीअनुसार हालको गम्भीर अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयमा आज बिहान ११ बजे एक महत्त्वपूर्ण बैठक बोलाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको अध्यक्षतामा बस्ने यस बैठकमा सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासङ्घ र मजदुर लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी हुनेछन् । बैठकमा विशेष गरी चाडपर्वमा यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउने र अवरुद्ध सडकहरू खोल्ने विषयमा छलफल हुनेछ ।
News Desk 0 response शनिबार, अशोज ४, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


