

-
रुस र भियतनामले सम्भावित अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका खुलासा भएको छ ।
समाचार संस्था एपीले प्राप्त गरेको आन्तरिक भियतनामी कागजात अनुसार दुई देशबीच संयुक्त तेल–ग्यास उद्यमको नाफा प्रयोग गरेर ऋण तिर्ने र हतियार खरिद गर्ने व्यवस्था बनेको हो । यसले विश्वव्यापी बैंकिङ प्रणालीलाई बाइपास गर्छ ।
यस योजनाअन्तर्गत भियतनामले रुसबाट लडाकू विमान, ट्याङ्क जहाज ऋणमा लिएको र साइबेरियामा रहेको संयुक्त तेल कम्पनीको नाफाबाट किस्ता बुझाएको खबरमा उल्लेख छ । अमेरिकाले दक्षिणपूर्व एशियामा भियतनामसँग सम्बन्ध बलियो बनाउन खोजिरहेको तर ट्रम्प प्रशासनले रुसमाथि कडा प्रतिबन्धको धम्की दिइरहेको बेला यो खुलासा भएको हो ।
सन् २०२४ मा तयार गरिएको मेमो अनुसार भियतनामको नाफा रुस पठाइन्छ । त्यसपछि रुसी राज्य स्वामित्वको कम्पनी ‘जारुबेझनेफ्ट’ मार्फत फेरि भियतनामको पेट्रोभियतनाममा फिर्ता हुन्छ । यसरी रकम रुस र भियतनामभित्र मात्रै सर्छ र ‘स्विफ्ट’ प्रणालीबाट जोगिन्छ ।
यसअघि सन् २०२४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भियतनाम भ्रमणका क्रममा नयाँ ऊर्जा सम्झौताहरू भएको थियो भने सन् २०२६–२०३० को रक्षा–रणनीतिक साझेदारीमा पनि हस्ताक्षर भएको छ ।
News Desk 0 response शुक्रबार, अशोज ३, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


