• काठमाडौं : अन्तरिम सरकारका तीन जना मन्त्रीले आगजनी र तोडफोडका कारण क्षतिग्रस्त संसद् भवनको अवलोकन गरेका छन् । आज गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङले सामूहिक रूपमा संसद् भवनको अवलोकन गरेका हुन्।

    ुजेन–जीु को अगुवाइमा भदौ २३ गते भएको आन्दोलन र भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा संसद् भवन भग्नावशेषमा परिणत भएको छ ।

    अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ‘जेन–जी’ आन्दोलनका क्रममा भएको क्षतिको आँकडा चाँडै सार्वजनिक गर्ने बताए ।