

-
काठमाडौं : सरकारले आउँदो असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा शोक दिवस मनाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । यो दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।
यस्तै बैठकले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले बताए ।
यस्तै सरकारले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बैठकले आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गर्ने, शव व्यवस्थापनका लागि निःशुल्क गाडी र दुर्गम क्षेत्रमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले आन्दोलनमा भएको जनधनको क्षति, ज्यादती र घुसपैठको सम्बन्धमा अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले बताए ।
यस्तै सरकारले भदौ २३ र २४ भएको आन्दोलनमा ज्यान गुमाउने व्यक्तिहरूको नाममा जेन-जी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्मा पेश गरेको सबै प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् विस्तारपछि आज प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक बसेको हो ।
News Desk 0 response सोमवार, भदौ ३०, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


