• काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीन जना मन्त्रीको नाम टुङ्गो लागेको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको हो ।

    खनाललाई अर्थमन्त्री, घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय तथा अर्याललाई गृह तथा कानून, न्याय र संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री कार्कीले तीनैजना मन्त्रीको नाम सिफारिस गरेर राष्ट्रपतिसमक्ष पठाएकी छिन् ।

    उनीहरूले आज शपथ लिएर कार्यभार सम्हाल्नेछन् । पूर्वसचिवसमेत रहेका खनालले हालै मात्रै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रुपमा आर्थिक सुधार सम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएका छन् । कानुन व्यवसायी अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० को कानुनी सल्लाहकार हुन् । घिसिङ नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक ह्न।

    यसैबीच गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम आएसँगै सुदन गुरुङ समुह भने असन्तुष्ट बनेको छ । आफूहरुसँग कुनै सल्लाह नगरीकन आफू आफू मन्त्री भएको भन्दै सुदन गुरुङ समुह राती नै बालुवाटार घेर्न पुगेका थिए ।