

-
काठमाडौं : अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नयाँ कार्यकक्षमा आज पदबहाली गर्दै छिन्। आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीले सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो ।
नयाँ प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न सरकारी उच्च कर्मचारीलाई बिहानै बोलाइएको छ । प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार भइरहेको छ । प्रधानमन्त्री कार्की अस्ति शुक्रवार बेलुकादेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा बस्न थालिसकेकी छिन्
प्रधानमन्त्री कार्यालयका अनुसार पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगजनी हुँदा नजलेका र जोगिएका सरसामान प्रधानमन्त्रीको नयाँ कार्यालयमा लगेर प्रयोग गरिएको छ । नयाँ भवनको सरसफाइ, आन्तरिक सजावट तथा अन्य व्यवस्थापन भइसकेको छ ।
पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। उनले आजसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन् । त्यसका लागि पनि आन्तरिक छलफल र भेटघाट चलिरहेको छ ।
यो प्रकृयामा सघाउन जेन–जी ले विभिन्न अनलाइन प्लेटफर्ममार्फत् सुझाव सङ्कलन गरिरहेका छन् । कार्की नेतृत्वको सरकारले आउँदो फागुनमा प्रतिनिधि सभाको चुनाव गराउने कार्यादेश पाएको छ । संसद् विघटन भइरहेको छ । तर संसद् विघटनलाई लिएर विभिन्न राजनीतिक दलहरुले असन्तुष्टि समेत जनाएका छन् ।
News Desk 0 response आइतवार, भदौ २९, २०८२

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



