

-
काठमाडौं : अन्तरिम सरकार गठन र प्रक्रियाबारे छलफल तीव्र भएको छ । तर अहिलेसम्म निष्कर्ष र निकास निस्कन सकेको छैन ।
आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानसेनापति अशोकराज सिग्देल शीतलनिवास पुगेका थिए । तर राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल र ‘जेन–जी’ बीच त्रिपक्षीय छलफलको वातावरण नबनेपछि शीतलनिवासबाट बाहिरिएका प्रधानसेनापति सिग्देल फेरि राष्ट्रपति कार्यालय पुगेका हुन्।
यसअघि राष्ट्रपति पौडेलले अबको निकासबारे प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षसँग परामर्श गरेका छन्। त्यस्तै राष्ट्रपतिले अन्तरिम सरकार गठनबारे सरोकारवालासँग छलफल गर्ने जिम्मेवारी आफ्ना सल्लाहकारलाई दिएका छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति गएराति नै भएको थियो । अरू विषयमा लगभग टुङ्गोमा पुगे पनि ‘जेन–जी’ ले संसद् विघटन हुनुपर्ने बताउँदै आएका छन् ।
अन्तरिम सरकार र संसदका विषयमा कसरी संवैधानिक प्रक्रिया पूरा गर्ने भन्नेबारे परामर्श तीव्र भइरहेको छ । संविधानमा संसदको सदस्यभन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुनै व्यवस्था छैन । एउटा निष्कर्षपछि मात्रै भौतिक उपस्थितिबीच सबैसँग सहमति गर्ने तयारी छ । ‘जेन–जी’ आन्दोलन चर्केपछि गएको मङ्गलवार केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
News Desk 0 response शुक्रबार, भदौ २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
भीमफेदी दुर्घटना : १३ शव आफन्तले बुझे,..
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
एनपीएल : काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
शुक्रबार, कार्तिक २८, २०८३ -
राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त
शुक्रबार, कार्तिक २८, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
नयाँ आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान
बुधबार, कार्तिक १९, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३


