

-
काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेनजी आन्दोलनमा मृत्यु भएका युवाको शव परीक्षण सुरु भएको छ । फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार पोस्टमार्टम प्रक्रियाका लागि प्रहरीको पत्र कुर्दा पोस्टमार्टममा ढिलाइ भएको हो ।
‘मेडिको–लिगल प्रकृतिको भएकाले स्वेच्छाले गर्न नमिल्ने र निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ,’ उनले भने । अहिले शिक्षण अस्पतालमा आन्दोलनका क्रममा मृत्यु भएका ३६ जनाको शव राखिएको छ । जसमध्ये ३४ पुरुष र २ महिला छन् भने त्यहीमध्ये तीन जना प्रहरीको शव पनि रहेको डा. चौधरीले बताए ।
जेनजी आन्दोलनमा भएको घटनालाई ‘गैरन्यायिक हत्या’ को श्रेणीमा राख्नुपर्ने आवाज आएकाले यसमा मानवअधिकार निकाय लगायत अन्तर्राष्ट्रिय प्रोटोकलको समेत पालना गर्नुपर्ने भएकाले हरेक प्रक्रिया सूक्ष्म ढंगले गरिने डा. चौधरीले बताए । सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्रै शवहरू सम्बन्धित आफन्तलाई बुझाइने उनले जानकारी दिए ।
शिक्षण अस्पतालमा हालसम्म ९ जना मृतकका परिवारले पोस्टमार्टमका लागि निवेदन दिएका छन् । पोस्टमार्टम गरिएका तीन जनाको शव परिवारलाई बुझाइसकिएको डा। चौधरीले जानकारी दिए । शिक्षण अस्पतालमा २३ गतेदेखि शव ल्याउन सुरु गरिएको थियो ।
हालसम्म जेनजी आन्दोलनमा प्रदर्शनकारी र प्रहरी गरी ५१ जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा पनि केही शवको परीक्षण भइरहेको छ ।
शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा। चौधरीका अनुसार पहिचानका लागि शवको अवस्था अनुसार विभिन्न विधि अपनाइएको छ । सामान्य अवस्थामा आफन्तले भिजुअल रूपमा शवको सनाखत गर्नेछन् । यदि शव नचिनिने अवस्था छ भने फिंगरप्रिन्ट, दाँत परीक्षणजस्ता विधि अपनाइने डा। चौधरीले बताए ।
जलेर चिन्न नसकिने शवहरूको हकमा सुरुमा दाँत र फिंगरप्रिन्टको आधारमा पहिचान गरिनेछ । यदि यो विधिबाट पनि पहिचान हुन नसकेमा मात्र डीएनए परीक्षण गरिने उनले बताए । आन्दोलनमा क्रममा मृत्यु भएकाहरूको डीएनएको परीक्षण गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।
‘अत्यन्तै जटिल र क्षतिग्रस्त शवजस्तै हड्डी मात्र भेटिएमा डीएनए परीक्षणको सहारा लिइन्छ,’ डा. चौधरीले भने ।
News Desk 0 response शुक्रबार, भदौ २७, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


