

-
काठमाडौं : नेपालमा भएको जेनजीको आन्दोलनको चर्चा विश्वभर भइरहेको छ । छिमेकी भारत र चीनका साथै अन्तर्राष्ट्रिय मिडियाहरुले यो समाचारलाई प्राथमिकताका साथ प्रकाशन-प्रसारण गरिरहेका छन् ।
नेपालमा जेनजीले सरकार ढलाएसँगै विश्वका विभिन्न देशमा विपक्षीहरुले सरकारलाई यस्तै चेतावनी दिन थालेका छन् । बंगलादेश र श्रीलंकामा भएको आन्दोलनको उदाहरण दिएर नेपालका जेनजीले यसअघि त्यस्तै चेतावनी दिने गर्थे ।
बंगलादेश र श्रीलंकामा भएका आन्दोलनको चर्चा नेपालमा सदनदेखि सरकारसम्म हुन्थ्यो । दलका ठुला नेतादेखि विद्यार्थीहरुले बंगलादेश र श्रीलंकाजस्तै हालत नेपालमा पनि हुनसक्ने चेतावनी दिने गरेका थिए । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले त्यसलाई वास्तविकतामा परिणत गरिदियो ।
अहिले भारतमा त्यहाँ विपक्षी दलले सरकारलाई नेपालको अवस्था देखाएर चेतावनी दिन थालेका छन् । शुक्रबार विपक्षी गठबन्धन ‘इन्डिया’ले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘अगर नेपाल की तरह भारत में भी नेताओं की पिटाई शुरू हो जाए तो कौन सबसे ज्यादा लात खायेगा १ बिना डरे बिंदास बोलो १’ ९यदि नेपालजस्तै भारतमा पनि नेतालाई कुटाइ सुरु भयो भने सबैभन्दा बढी लात कसले खान्छन्, नडराई बोल्नुस् ।’०
जेनजी आन्दोलन भएकै दिन विहारको विपक्षी दलका नेता तेजस्वी यादवले भनेका थिए, ‘नेपालको नजिक छ बिहार । डराएको होइन, सम्झाएको हो निर्वाचन आयोगलाई ।‘
भारतका एक जना अधिवक्ता नाजनिम अख्तरले भनेकी छिन्, ‘त्यो दिन टाढा छैन, जब यस्तो हालत भारतमा हुनेवाला छ । फेरि झोला उठाएर भाग्ने मौका पनि प्राप्त हुँदैन ।’
भारतको राजनीतिकर्मीदेखि युवामाझ पनि नेपालको घटनाको चर्चा भइरहेको छ । नेपालमा भएको घटनाका कारण भारतमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
News Desk 0 response शुक्रबार, भदौ २७, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


