• काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्न निर्देशन दिएको छ ।

    बिहीबार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको हो ।

    प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२/०५/१९ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्यवस्थाका लागि निर्णयअनुसार जानकारी गराइएको छ ।

    पटक–पटक दर्ता प्रक्रियामा आउन आग्रह गरेपनि सामाजिक सञ्जालहरु दर्ता प्रक्रियामा नआएपछि सरकार ती सञ्जालहरु बन्द गर्ने निर्णयमा पुगेको  हो । 

    541144926_635050382667980_1201485229004603_n