

-
चीनमा चलिरहेको क्षेत्रीय सुरक्षा शिखर सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत २० वटा देशका नेताहरु सहभागी भएका छन् । त्यस क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष वार्ता गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी झन्डै ७ वर्षपछि चीन पुगेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कठोर व्यापारिक शुल्क लगाएका बेला यो शिखर सम्मेलन भएको छ । त्यस कारणले भारतका लागि यो सम्मेलन अझ अर्थपूर्ण मानिएको बीबीसीले जनाएको छ ।
यसैबीच चिनिया राष्ट्रपति सी जिनपिङले क्षेत्रीय शान्ति र स्थायित्वको रक्षा गर्न शिखर सम्मेलनले ठूलो जिम्मेवारी बहन गरिरहेको बताएका छन् । उनले बढ्दो अनिश्चितता र तीव्र परिवर्तनको संसारमा विकासलाई बढावा दिनु महत्त्वपूर्ण भएको बताएको चिनिया समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।
आजसम्म चल्ने शिखर सम्मेलनमा भाग लिन चीनको बन्दरगाह शहर तियान्जिनमा पुगेका अन्तर्राष्ट्रिय पाहुनालाई स्वागत गर्न आयोजित रात्रिभोजमा सीले यस्तो बताएका हुन्। सीले सबै पक्षको संयुक्त प्रयासबाट शिखर सम्मेलन पूर्ण रूपमा सफल हुने विश्वास व्यक्त गर्दै एससीओले अझ ठूलो भूमिका खेल्ने र थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे।
उनले सम्मेलनले सदस्य राष्ट्रहरूबीच एकता र सहयोग बढाउने, शक्ति एकत्रित गर्न र मानव सभ्यताको थप प्रगतिका लागि कोशेढुङ्गा बन्ने बताएका खबरमा उल्लेख छ ।
News Desk 0 response सोमवार, भदौ १६, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


