

-
काठमाडौं : अमेरिकाको मिनेसोटा राज्यको प्रमुख शहर मिनियापोलिसको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको सीबीएस न्यूजले जनाएको छ ।
मिनेसोटाका गभर्नर टिम वाल्जले दिएको जानकारी अनुसार एननसिएशनको क्याथोलिक स्कुलमा गोली चलेको हो । किन्डरगार्टनदेखि आठ कक्षासम्मका विद्यार्थीहरुले प्रार्थना गरिरहेका बेला गोली चलेको थियो । गभर्नर वाल्जले यो आक्रमणलाई ‘भयानक हिंस्रक कार्य’ भनेका छन् ।
अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार सेमी अटोमेटिक हतियार बोकेर आएका व्यक्तिले गोली चलाएका थिए । सुरक्षाकर्मीको जवाफी कारबाहीमा ती आक्रमणकारी पनि मारिएका छन् ।
आक्रमणकारी नै मारिएकाले अब थप खतरा नरहेको अधिकारीहरुको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनामा दुस्ख व्यक्त गर्दै चुस्त सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका छन् ।
अमेरिकामा हतियार सजिलै किनबेच गर्न पाइने भएकाले गोलीकाण्डका घटना सामान्यजस्तो हुँदै गएका छन् । त्यसैले बेलाबेलामा कडा कानुनको मागसमेत उठ्दै आएको छ ।
News Desk 0 response बिहिबार, भदौ १२, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


