

-
विशाल चिनियाँ घरजग्गा कम्पनी ुइभरग्रान्डु हङकङको शेयर बजारबाट हटेको छ । कुनै बेला चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनीका रूपमा चिनिने इभरग्रान्डको शेयर बजारमा ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्य थियो । तर अत्यधिक ऋणभारका कारण कम्पनी नराम्ररी धराशायी भएको बीबीसीले जनाएको छ ।
विज्ञहरूले कम्पनीलाई शेयर सूचीबाट हटाइने कदम अत्यावश्यक र अन्तिम भएको बताएका छन् । उनीहरूका अनुसार अब कम्पनी शेयर बजारमा फर्कने सम्भावना छैन ।
केही वर्षअघिसम्म इभरग्रान्ड समूहलाई चीनमा आर्थिक चमत्कारको उदाहरण मानिन्थ्यो । चीनको सामान्य ग्रामीण परिवेशबाट आएका यसका संस्थापक हुई का यान सन् २०१७ मा फोर्ब्सले सार्वजनिक गर्ने एशियाका धनाढ्य व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा पुगेका थिए । तर सन् २०१७ मा ४५ अर्ब अमेरिकी डलर रहेको उनको सम्पत्ति घटेर अहिले १ अर्बभन्दा कममा झरेको छ ।
इभरग्रान्डले ३ खर्ब अमेरिकी डलर ऋण लिएको थियो । तर चीनले सन् २०२० मा ठूला घरजग्गा व्यवसायीहरूले ऋण लिन पाउने रकममा नियन्त्रण गरेपछि कम्पनीमा समस्या शुरू भएको हो ।
ऋण लिन नपाएपछि कम्पनी आफूले बनाएर घर धेरै छुटमा बेच्न बाध्य भयो । वर्षौंको कानूनी लडाइँपछि सन् २०२४ मा हङकङको एक उच्च अदालतले कम्पनी बन्द गर्न आदेश दिएको थियो । त्यसपछि शेयर मूल्य ९९ प्रतिशतभन्दा धेरैले घटिसकेकोमा अब शेयर बजारको सूचीबाटै हटेको हो ।
News Desk 0 response सोमवार, भदौ ९, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


