

-
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताभित्र रुस र युक्रेनबीच युद्धविराम नभए अमेरिकाले ठूलो निर्णय लिने चेतावनी दिएका छन् ।
ट्रम्पले यदि आउँदो दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ कुनै प्रगति नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने साहसिक निर्णय लिने चेतावनी दिएका बीबीसीले जनाएको छ । गएको अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक हप्तापछि ट्रम्पको यो बयान आएको हो ।
ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले चाँडै महत्वपूर्ण निर्णय लिने र त्यो ठूलो मात्रामा प्रतिबन्ध, कर वा दुवै हुन सक्ने बताए । ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै उनले रुस–युक्रेन युद्धमा जे भइरहेको छ त्यसबाट आफू खुशी नभएको उल्लेख गरे ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ताको वकालत गर्दै दुवै नेताहरू सँगै बस्नुपर्नेमा जोड दिए । यस्तै उनले आफ्नो कार्यकालमा सात वटा युद्ध रोकेको र तीन वटा सम्भावित युद्धलाई टारेको दाबीलाई फेरि दोहोर्याए ।
यसअघि अगस्ट १८ मा यक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्ने प्रयासहरूबारे छलफल गर्न युरोपेली नेताहरूसँग ह्वाइट हाउसको भ्रमण गरेका थिए । जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले पुटिन–जेलेन्स्की भेटघाटको व्यवस्था गर्न थालेको बताएका थिए।
यद्यपि अगस्ट १५ मा अलास्कामा ट्रम्प र पुटिनबीच शिखर सम्मेलन भए पनि रुस–युक्रेन युद्धविराममा सहमत हुन सकेन ।
यसैबीच ट्रम्पले युक्रेनको एक अमेरिकी कारखानामा भर्खरै भएको रुसी आक्रमणप्रति आक्रोश व्यक्त गरेको खबरमा उल्लेख छ । यो आक्रमणबाट कारखानामा आगलागी भएको थियो र धेरै कामदारहरू घाइते भएका थिए ।
News Desk 0 response शनिबार, भदौ ७, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


