

-
प्यालेस्टिनी विद्रोही समूह हमासले निःशस्त्रीकरण गर्न र सबै बन्धकहरूलाई रिहा गर्न सहमत नभए गाजा शहर ध्वस्त हुने इजरायलका रक्षामन्त्रीले चेतावनी दिएका छन् ।
व्यापक अन्तर्राष्ट्रिय र घरेलु विरोधका बाबजुद इजरायली मन्त्रिपरिषद्ले गाजा शहरमा ठूलो आक्रमणको योजनालाई अनुमोदन गरेपछि रक्षामन्त्री इजरायल काट्जको यो टिप्पणी आएको बीबीसीले जनाएको छ ।
गएको सोमवार हमासले कतार र इजिप्टका मध्यस्थकर्ताहरूको ६० दिने युद्धविरामको प्रस्तावमा सहमति जनाएको थियो । सहमति अनुसार गाजामा बाँकी रहेका आधा बन्धकहरूलाई रिहा गरिनेछ ।
तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो प्रस्तावलाई अस्वीकार गर्दै बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र गाजामा युद्ध अन्त्य गर्न ‘इजरायललाई स्वीकार्य’ शर्तहरूमा वार्ता शुरू गर्न निर्देशन दिएका छन् ।
२२ महिनाको युद्धपछि ५० बन्धकमध्ये २० जनामात्र जीवित रहेका इजरायलको विश्वास छ । ठाउँ निर्धारण भएपछि वार्ताकारहरूलाई पुनः वार्ताका लागि पठाइने एक इजरायली अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
गएराति इजरायलमा रहेको गाजा डिभिजनको मुख्यालयको भ्रमणको क्रममा एक भिडियो वक्तव्यमा नेतान्याहुले आफू गाजा शहर नियन्त्रणमा लिने र हमासलाई पराजित गर्ने इजरायली रक्षा बल (आईडीएफ) को योजनालाई अनुमोदन गर्न आएको बताएका थिए ।
News Desk 0 response शुक्रबार, भदौ ६, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



