

-
काठमाडौं : रुस युक्रेन युद्ध अन्त्यको लागि अलास्कामा भएको अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प र रुसी रास्ट्रपति भ्लादीमिर पुटिनबीचको वार्ता प्रगतिउन्मुख भए पनि ठोस सम्झौताबिना अन्त्य भएको छ ।
ट्रम्प र पुटिन एकै मञ्चमा करिब १० मिनेटसम्म संयुक्त रूपमा उपस्थित भएका थिए । दुवै नेताले व्यक्तिगत वार्तामा प्रगति भएको संकेत गरे पनि वार्ता ठोस सम्झौतामा पुग्न सकेन ।
पुटिनले आफू ‘सत्यनिष्ठ भएर’ युद्ध अन्त्य गर्न इच्छुक रहेको भन्दै यसलाई ठूलो ‘त्रासदी’ को रूपमा व्याख्या गरे ।
उनले द्वन्द्वका ‘मूल कारण’ हटाउनुपर्ने आवश्यकता औंल्याउँदै युक्रेन र युरोपलाई वार्ता भंग नगर्न चेतावनी दिए । पुटिनका अनुसार, यो भेटवार्ता द्वन्द्व समाधानको सुरुआती बिन्दु मात्र हो ।
पुटिनले ट्रम्पसँगको सम्बन्धलाई व्यावसायिक भनेका छन् । २०२० को अमेरिकी निर्वाचनपछि आफू पदमा निरन्तर रहेको भए युद्ध सुरु नै नहुने ट्रम्पको भनाइप्रति सहमति जनाएका छन् ।
ट्रम्पले भने अझै पनि केही असहमति कायम रहेको जनाए । केही प्रगति भएको तर अपेक्षित लक्ष्यमा पुग्न नसकेको बताए ।
‘सम्झौता नभएसम्म कुनै सम्झौता हुँदैन’, उनले भने, ‘धेरै बुँदामा सहमति’ भएको तर केही बुँदा बाँकी रहेको उल्लेख गरे । बाँकी रहेको र सहमतिनजिक पुगेका बुँदाबारे खुलासा गरेनन् ।
ट्रम्पले चाँडै नै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग टेलिफोन वार्ता गर्ने जानकारी दिएकाछन् । ‘अन्ततः निर्णय गर्ने जिम्मा उनीहरूकै काँधमा छ’, ट्रम्पले भने ।
अन्त्यमा ट्रम्पले पुटिनसँग फेरि चाँडै भेट्ने सम्भावना व्यक्त गरे भने पुटिनले ‘अर्को पटक मस्कोमा’ भेटौला भन्दै जवाफ दिए ।
दुईजनाबीच करिब साढे २ घण्टा वार्ता भएको थियो । त्यसपछि १० मिनेट एउटै मञ्चमा देखिएका थिए ।
News Desk 0 response शनिबार, साउन ३२, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



