

-
वासिङ्टन डिसी : अमेरिका र रुसले आगामी शुक्रबार, अगस्ट १५ मा राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबिचको भेटवार्ताका लागि सहमति जनाएका छन्, जसमा युक्रेन युद्ध कसरी अन्त्य गर्ने भन्ने विषयमा छलफल हुनेछ।
ट्रम्पले एक साताअघि यो बैठकबारे घोषणा गरेका थिए । त्यही दिन उनले रुसलाई चेतावनी दिँदै यदि उसले युक्रेनमा युद्धविराम गर्न सहमत नभए थप अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने बताएका थिए ।
ट्रम्पको आग्रहमा रुस र युक्रेनबिच भएको तीन चरणको वार्ताले दुवै पक्षलाई अहिलेसम्म शान्तिको नजिक ल्याउन सकेको छैन । यस्तोमा अलास्काको एन्कोरेजमा हुने ट्रम्प र पुटिनको बैठकबारे अहिलेसम्म के(के थाहा छ, जानौँ । यो इलाका कुनै समय रुसको हिस्सा थियो भन्ने कुरा कमैलाई थाहा होला ।
ट्रम्प-पुटिन अलास्कामा किन भेट्दै छन् ?
अमेरिकाले सन् १८६७ मा रुसबाट अलास्का खरिद गरेको थियो, जसले यस भेटलाई ऐतिहासिक महत्त्व दिएको छ । सन् १९५९ मा यो अमेरिकाको राज्य बन्यो ।रुसी राष्ट्रपतिका सहायक युरी उशाकोभले दुई देश छिमेकी भएको र उनीहरूलाई ‘बेरिङ स्ट्रेट’ ले मात्र छुट्याएको बताए । उशाकोभले भने, ‘हाम्रो लागि बेरिङ स्ट्रेट पार गरेर उडान भर्नु र दुई देशका नेताहरूको यति महत्त्वपूर्ण र लामो समयदेखि प्रतीक्षा गरिएको शिखर सम्मेलन अलास्कामा हुनु बिल्कुल सही छ।’
अलास्का अन्तिम पटक मार्च २०२१ मा एक ठुलो अमेरिकी कूटनीतिक कार्यक्रमको केन्द्र बनेको थियो । त्यतिबेला जो बाइडेनको नयाँ कूटनीतिक र राष्ट्रिय सुरक्षा टोलीले एन्कोरेजमा आफ्ना चिनियाँ समकक्षीहरूसँग भेटेका थिए । त्यस बैठकमा चीनले अमेरिकामाथि ‘अहङ्कार र पाखण्ड’ को आरोप लगाएपछि वातावरण तनावपूर्ण बनेको थियो ।
अलास्कामा ट्रम्प र पुटिन कहाँ भेट्दै छन् ?
ह्वाइट हाउसले मंगलबार बैठक अलास्काको सबैभन्दा ठुलो सहर एन्कोरेजमा हुने पुष्टि गरेको छ । द्विपक्षीय बैठकको घोषणा गर्दा ट्रम्पले यो ठाउँ ‘धेरै कारणले धेरै लोकप्रिय’ रहेको बताएका थिए, तर उनले यो बैठक राज्यको यस सबैभन्दा ठुलो सहरमा हुनेछ भन्ने कुरा भने बताएका थिएनन् ।दुवै नेताको मेजबानी अलास्काको सबैभन्दा ठुलो सैन्य अखडा, जोइन्ट बेस एल्मेन्डोर्फ(रिचर्डसनमा हुनेछ । ६४ हजार एकडमा फैलिएको यो अखडा आर्कटिक क्षेत्रमा अमेरिकी सैन्य तयारीहरूको एक महत्त्वपूर्ण केन्द्र हो ।
पुटिन र ट्रम्प किन भेट्दै छन् ?
ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न धेरै प्रयास गरिरहेका छन्, तर अहिलेसम्म उनलाई धेरै सफलता मिलेको छैन । राष्ट्रपति पदका उम्मेदवारको रूपमा उनले पद सम्हालेको २४ घण्टाभित्र युद्ध अन्त्य गर्ने वाचा गरेका थिए । उनले बारम्बार यो पनि भनेका थिए कि यदि सन् २०२२ मा रुसी आक्रमणको समयमा उनी राष्ट्रपति भएको भए यो युद्ध ‘कहिले पनि हुने थिएन’ ।गत महिना ट्रम्पले आफू पुटिनबाट ‘निराश’ भएको बताएका थिए । असन्तुष्टि बढेपछि ट्रम्पले पुटिनका लागि अगस्ट ८ को समयसीमा तोके, जसमा तत्काल युद्धविराममा सहमति नदिए थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिइएको थियो ।
समयसीमा पूरा हुनासाथ ट्रम्पले प्रतिबन्धको सट्टा आफू र पुटिन अगस्ट १५ मा आमनेसामने भेटवार्ता गर्ने घोषणा गरे । ट्रम्पका अनुसार, यो बैठक अमेरिकी विशेष दूत स्टीव विटकफको मस्कोमा पुटिनसँग भएको ‘अत्यन्त सार्थक’ वार्ता पछि तय भएको हो ।
बैठकअघि ह्वाइट हाउसले यस द्विपक्षीय भेटघाटबाट युद्धविराममा सहमति बन्न सक्छ भन्ने अनुमान कम गर्ने प्रयास गरेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले भनिन्, ‘यो राष्ट्रपतिलाई सुन्ने मौका हो।’ उनले अलास्का भ्रमणपछि ट्रम्प रुस पनि जान सक्ने बताइन् ।
सोमबार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले यस बैठकलाई ‘वातावरण बुझ्ने भेटघाट’ मान्ने र यसको उद्देश्य पुटिनलाई युद्ध अन्त्य गर्न मनाउने रहेको बताए ।
के युक्रेन यसमा सामेल हुनेछ ?
यो बैठकमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको सहभागी हुने अपेक्षा गरिएको छैन । सोमबार ट्रम्पले भने, ‘उनी आउन सक्छन्, तर उनी पहिले नै धेरै बैठकहरूमा सामेल भइसकेका छन्।’ यद्यपि, ट्रम्पले बैठक पछि उनले सबैभन्दा पहिले जेलेन्स्कीलाई फोन गर्ने पनि बताए ।पछि ह्वाइट हाउसका एक अधिकारीले ट्रम्प र जेलेन्स्कीले बुधबार पुटिनसँग हुने अमेरिकी राष्ट्रपतिको बैठकअघि भर्चुअल भेटवार्ता गर्ने बताए । यस कुराकानीमा धेरै युरोपेली नेताहरू पनि सामेल हुनेछन् ।
पुटिनले जेलेन्स्कीलाई सामेल नगर्न माग गरेका थिए, तर ह्वाइट हाउसले पहिले नै ट्रम्प तीनै नेताहरूको संयुक्त बैठकका लागि तयार रहेको बताइसकेको थियो । जेलेन्स्कीले युक्रेनको राय बिना हुने कुनै पनि सम्झौता ‘बेकारको निर्णय’ हुने बताएका थिए ।
दुवै पक्षले यसबाट के हासिल गर्न चाहन्छन् ?
यद्यपि, रुस र युक्रेन दुवैले युद्ध अन्त्य गर्न चाहेको बताएका छन्, तर उनीहरूका सर्तहरू एक(अर्कालाई स्वीकार्य छैनन् । सोमबार ट्रम्पले उनी ‘युक्रेनका लागि ९रुसको कब्जामा रहेको० केही इलाका फिर्ता लिने प्रयास गर्ने’ बताएका थिए । ’तर हुनसक्छ ‘केही अदला-बदली वा जमिनमा परिवर्तन’ गर्नुपर्नेछ,’ उनको भनाई थियो ।युक्रेनले रुसको कब्जामा रहेको कुनै पनि इलाकालाई मान्यता नदिने कुरा स्पष्ट पारिसकेको छ, जसमा क्रिमिया पनि सामेल छ ।
यो हप्ता जेलेन्स्कीले जमीनको ‘अदला-बदली’ को विचारलाई खारेज गर्दै भने, ‘हामी रुसलाई त्यसको कामको इनाम दिने छैनौँ।’
यसैबिच पुटिन आफ्ना क्षेत्रीय दाबी, युक्रेनको तटस्थता र त्यसको सेनाको आकारलाई लिएर आफ्ना मागहरूमा अडिग छन् । रुसले पश्चिमी सैन्य गठबन्धन नेटोले छिमेकी देश अर्थात् युक्रेनलाई आफ्नो सेनालाई रुसको सीमाको नजिक ल्याउन प्रयोग गरिरहेको आशंका व्यक्त गरेको थियो ।
सीबीएस न्यूजका अनुसार, ट्रम्प प्रशासनले युरोपेली नेताहरूलाई एउटा यस्तो युद्धविराम सम्झौतामा राजी गराउने प्रयास गरिरहेको छ, जसमा युक्रेनको ठुलो हिस्साको नियन्त्रण रुसलाई सुम्पिनेछ ।
वार्तासँग सम्बन्धित स्रोतहरूका अनुसार, यस सम्झौता अन्तर्गत रुसले क्रिमिया प्रायद्वीपमा आफ्नो नियन्त्रण कायम राख्न सक्नेछ र पूर्वी युक्रेनको दोनबास क्षेत्र ९दोनेत्स्क र लुहांस्क० लाई आफ्नो अधीनमा लिन सक्नेछ ।
रुसले सन् २०१४ मा क्रिमियामा कब्जा गरेको थियो र हाल दोनबास क्षेत्रको धेरैजसो भागमा त्यसको नियन्त्रण छ । यस सम्झौता अन्तर्गत रुसलाई खेरसोन र जापोरिजिया क्षेत्रहरूबाट हट्नुपर्नेछ, जहाँ वर्तमानमा त्यसको आंशिक रूपमा सैन्य नियन्त्रण छ ।
फक्स न्यूजसँगको कुराकानीमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले कुनै पनि भविष्यको सम्झौता ‘कसैलाई पनि धेरै खुसी नबनाउने’ हुने बताएका छन् । उनले भने, ‘तपाईँले यहाँ शान्ति बनाउनुपर्नेछ… तपाईं केवल औँला उठाउन सक्नुहुन्न। शान्तिको बाटोमा एक निर्णायक नेता बस्छन् र मानिसहरूलाई एकसाथ आउन बाध्य पार्छन्।’ – बीबीसी
News Desk 0 response बिहिबार, साउन ३०, २०८२

सम्बन्धित शीर्षकहरु
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


