• काठमाडौं : भारतको उत्तराखण्डको २० साउनमा आरीघोप्टे वर्षापछिको बाढीपहिरोमा परी ४ जना नेपाली बेपत्ता भएका छन् । बेपत्ता भएका आफन्तले खोजीका लागि प्रहरीसँग अनुरोध गरेका छन् ।

    इलाका प्रहरी कार्यालय ढोडरी मधुवनमा बेपत्ता भएका परिवारका आफन्तले खोजीका लागि सहयोग गरिदिन भन्दै निवेदन परेको छ । प्रहरीका अनुसार, ‘मधुवन नगरपालिकाका ४ जना पहिरोमा परी बेपत्ता भन्ने खबर थाहा पाउन साथ पीडितको घरमा पुगेका थियौं । बेपत्ता परिवारका आफन्तले खोजीका लागि सहयोग गरिदिन भन्दै प्रहरीमा निवेदन समेत दिइसक्नु भएको छ ।’

    प्रहरीका अनुसार मधुवन नगरपलिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती भण्डारी खड्का र उनको २ वर्षीय छोरा रोमन खड्का बाढीपहिरोमा परी बेपत्ता भएका छन् । यसैगरी वडा नम्बर ५ की अमृता परियार पनि बेपत्ता भएकी छन् ।

    मधुवन नगरपालिका५ का चित्रबहादुर पौडेलमार्फत उनीहरू वैशाखमा मजदुरी गर्न त्यसतर्फ गएको भाटले जानकारी दिए ।

    पौडेलमार्फत सम्पर्क गरी बुझ्दा उत्तराखण्ड राज्य पौडी जिल्ला बाँकुडा गाउँमा ज्याला मजदुरीका लागि गएको र बाढीपहिरोमा उनीहरू बेपत्ता भएको जानकारी आफूहरूले पाएको भाटले बताए ।

    भाटका अनुसार बाढीपहिरोमा परी केही नेपाली समेत घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको जानकारी आफूहरूले पाएको उनले बताए ।