

-
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत ट्यारिफ ९भन्सार शुल्क० लगाएका छन् । यो नयाँ ट्यारिफ पहिले लागू भइसकेको २५ प्रतिशत ट्यारिफमा थपिएर कुल ५० प्रतिशत पुगेको छ ।
ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार यो थप ट्यारिफ आदेश जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ ।
बुधबार जारी गरिएको ह्वाइट हाउसको आदेशमा भारत सरकारले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसबाट तेल आयात गरिरहेको छ । यही आधारमा अमेरिकाले भारतबाट आउने सबै वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउने निर्णय गरेको हो ।
रुस युक्रेन युद्ध सुरु भएपछि भारतले रुसबाट आयात गर्ने कच्चा तेलको परिमाण ह्वात्तै बढेको थियो । सन् २०१८ सम्म रुसबाट भारत आयात हुने कच्चा तेलको हिस्सा १.८ प्रतिशत मात्र थियो तर सन् २०२५ मा यो परिमाण ३५ प्रतिशत पुगेको थियो ।
थप ट्यारिफ लगाउने अमेरिकाको यो निर्णयले अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्ने विशेषज्ञ बताउँछन् । उनीहरुका अनुसार भारतको अमेरिका तर्फको निर्यातमा ४० देखि ५० प्रतिशतसम्म गिरावट पनि आउन सक्छ ।
भारतले भने अमेरिकाको उक्त निर्णय अनुचित, अकारण र तर्कहीन रहेको बताएको छ । भारतले १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षा सुनिश्चित गर्न रुसबाट तेल आयात गर्नुपरेको प्रष्ट पारेको छ ।
अमेरिकाले भारतमाथि थप ट्यारिफ लगाउने निर्णयलाई दुर्भाग्यपूर्ण भन्दै थपेको छ, ‘रुसी तेल आयात गरेको भनेर अमेरिकाले थप २५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको छ । जबकि त्यस्तै काम अरू धेरै देशहरूले पनि आफ्ना राष्ट्रिय हितमा गरिरहेका छन् । हामी फेरि दोहोर्याउँछौं कि अमेरिकाको यो कदम अनुचित, अकारण र तर्कहीन छ । भारतले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ ।’
अमेरिकाको यो निर्णयपछि भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको छ । कांग्रेसले एक्स (पहिलेको ट्विटर) मा एक पोस्टमा लेखेको छ, ‘नरेन्द्र मोदीका मित्र ट्रम्पले भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाएका छन् । ट्रम्प निरन्तर भारतविरुद्ध कदम चालिरहेका छन्, तर नरेन्द्र मोदीले त उनको नामसम्म लिंदैनन् । मोदीजी, हिम्मत गर्नुहोस्, ट्रम्पलाई जवाफ दिनुहोस् ।’
कांग्रेस नेता राहुल गान्धीले पनि एक्समा लेखेका छन्, ‘ट्रम्पको ५० प्रतिशत ट्यारिफ एक प्रकारको आर्थिक ब्ल्याकमेल हो । भारतलाई अनुचित व्यापार सम्झौताका लागि डराउने प्रयास हो । प्रधानमन्त्री मोदीले आफ्नो कमजोरीलाई भारतीय जनताको हितभन्दा माथि राख्न दिनुहुँदैन ।’
दिल्लीस्थित थिंक ट्यांक ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभका प्रमुख अजय श्रीवास्तव भन्छन्, ‘यो निर्णयसँगै भारत अब अमेरिकाका ती व्यापारिक साझेदारहरूमध्ये पर्छ जसलाई सबैभन्दा बढी ट्यारिफ लगाइएको छ । चीन, भियतनाम र बंगलादेश जस्ता प्रतिस्पर्धीहरूभन्दा धेरै माथि । यो भारतको अमेरिका तर्फको ८६.५ अर्ब डलर वार्षिक निर्यात (कपडादेखि लिएर मेशिनरीसम्म) को ठूलो हिस्सा संकटमा पार्न सक्छ ।’
उनका अनुसार, २०२४ मा चीनले रुसी तेल ६२.६ अर्ब डलरको आयात गरेको थियो, जुन भारतले गरेको ५२।७ अर्ब डलरको आयातभन्दा धेरै हो, तर चीनमाथि कुनै कारवाही गरिएको छैन ।
श्रीवास्तवको भनाइमा, ‘वाशिंगटन चीनमाथि कारवाही गर्न डराइरहेको छ, किनभने चीनले अमेरिकी रक्षा तथा प्रविधि क्षेत्रका लागि महत्त्वपूर्ण कच्चा पदार्थ– जस्तै ग्यालियम, जर्मेनियम, रेयर अर्थ र ग्रेफाइट को आपूर्ति नियन्त्रणमा राखेको छ ।’
उनी भन्छन्, ‘अमेरिकाले आफ्ना साझेदारहरूका रुसी व्यापारलाई पनि नदेखेझैँ गरेको छ । अघिल्लो वर्ष युरोपेली संघले रूसबाट ३९.१ अर्ब डलरको सामान आयात गर्यो, जसमा २५.२ अर्ब डलरको तेल थियो । अमेरिका स्वयंले पनि रूसबाट ३.३ अर्ब डलरको रणनीतिक संसाधन आयात गर्यो ।’
अजय श्रीवास्तवको अनुमानमा, यो ट्यारिफका कारण अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्छन् र भारतको अमेरिका तर्फको निर्यातमा ४० देखि ५० प्रतिशतसम्म गिरावट आउन सक्छ ।
बीबीसीका अनुसार मस्कोमा ट्रम्पका विशेष दूत स्टीव विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेपछि ट्रम्पले भारतमाथि थप ट्यारिफ लगाउने घोषणा गरेका हुन् ।
यूक्रेन युद्धविरामका लागि रूसी सहमतिका सम्बन्धमा शुक्रवारको डेडलाइनअघि यो भेटवार्ता भएको हो।
यसअघि ट्रम्पले अमेरिकाले रूसबाट युरेनियम, मल र रसायन जस्ता वस्तु आयात गर्ने कुरा आफूलाई थाहा नभएको बताएका थिए ।
भारतले अमेरिकालाई चुनौती दिँदै यसबारे प्रश्न उठाएको थियो ।
एक पत्रकारले ‘अमेरिकाले पनि रूसबाट युरेनियम, रसायन र मल आयात गर्छ, तर भारतको तेल आयातमा आपत्ति जनाउँछ । तपाईंको जवाफ के हो रु’ भनेर ट्रम्पसँग प्रश्न गरेका थिए ।
ट्रम्पले जवाफमा भने, ‘मलाई यसकोबारेमा केही थाहा छैन। म यसको जानकारी लिनेछु र पछि जानकारी दिनेछु ।’
उनले यसअघि पनि रूसबाट तेल किनेका देशमाथि चाँडै ट्यारिफ लगाउने निर्णय लिने धम्की दिएका थिए । ट्रम्पले भारतमाथि ठूलो परिमाणमा रुसी तेल किनेको र त्यसलाई अन्य देशमा बेचेर मुनाफा कमाएको आरोप लगाएका थिए ।
भारतले गत सोमबार पनि अमेरिकालाई चेतावनी दिँदै र युरोपेली संघमाथि टिप्पणी गर्दै भनेको थियो, ‘रुसी कच्चा तेल किनेकै कारण भारतलाई निशाना बनाउनु अनुचित र तर्कहीन हो ।’
भारतको परराष्ट्र मन्त्रालयले स्पष्ट शब्दमा भनेको थियो, ‘अमेरिका र युरोप स्वयं पनि रूससँग व्यापार गरिरहेका छन् तर भारतमाथि दोहोरो मापदण्ड अपनाइरहेका छन् ।’
मन्त्रालयले भनेको थियो– युरोपले रूसबाट ऊर्जा मात्र होइन, मल, खनिज पदार्थ, रसायन, फलाम–स्टील र मेशिनरीसमेत किनिरहेको छ । अमेरिका रूसबाट आफ्नो आणविक उद्योगका लागि युरेनियम हेग्जाफ्लोराइड, इलेक्ट्रिक गाडीका लागि प्यालेडियम, मल र रसायन आयात गरिरहेको छ । त्यसैले भारतलाई भने रुसबाट तेल किनेको भनेर ट्यारिफ लगाउने अनुचित हो ।
News Desk 0 response बिहिबार, साउन २३, २०८२

सम्बन्धित शीर्षकहरु
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



