

-
काठमाडौं : भारतसँग व्यापार सम्झौता हुने सम्भावना टर्दै गएपछि अमेरिकाले उसलाई चौतर्फीरुपमा घेर्ने रणनीति बनाएको छ ।
त्यही क्रममा अगस्ट १ देखि भारतबाट अमेरिका आउने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरे लगत्तै उनले पाकिस्तानसँग व्यापार सम्झौता गरेको घोषणा गरेका छन् । ‘हामीले पाकिस्तानसँग ऐतिहासिक व्यापार सम्झौता गरेका छौं, अब दुवै देश मिलेर पाकिस्तानमा विशाल तेल भण्डारको विकास गर्नेछौं । त्यसैको मदतबाट शायद निकट भविश्यमा पाकिस्तान भारतलाई तेल बेच्न सक्ने छ’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा लेखेका छन् ।
उनले तेल भण्डारण बाहेक अरु के के विषयमा दुई देशबीच सम्झौता भयो भन्ने बारेमा केही उल्लेख गरेका छैनन् । तर पाकिस्तानी प्रधानमन्त्री सहवाज सरिफले आफ्नो देशसँग ‘पाकिस्तानसँग ऐतिहासिक व्यापार सम्झौतालाई अन्तिमरुप दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिन चाहान्छु’ भन्दै आभार व्यक्त गरेका छन् । भारतीय संचारमाध्यमहरुले पाकिस्तान र अमेरिकाबीच भारतलाई अफ्ठारो पार्ने गरि विभिन्न किसिमका व्यापार सम्झौता भएको दावी गरेका छन् । चीनसँग पनि अमेरिकाले केही समय अघि व्यापार सम्झौता गरेको छ ।
भारतको लागि चीन र पाकिस्तान ‘दुस्मन देश’हरु हुन्, जोसँग उसको पटक पटक व्यापारिक र सामरिक युद्ध हुँदै आएको छ । तिनै देशसँग अमेरिकाले व्यापार सम्झौता गर्नु तर भारतीय समानहरुमाथि भने २५ प्रतिशत आयातकर लगाउँदै एक प्रकारले व्यापार युद्धको घोषणा गर्नुले भारतमा एक प्रकारको खैलाबैला नै मच्चाएको छ । अमेरिकाको त्यो घोषणालाई भारतका विपक्षी पार्टीहरुले ‘ट्रम्प स्टाइलको राजनीति’ गर्दै विपक्षीहरुमाथि आक्रामक व्यवहार गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारको कुटनीतिक असफलता भएको दावी गरिरहेका छन् । यसले अन्तराष्ट्रिय क्षेत्रमा भारतको प्रतिष्ठामा गम्भिर आँच पुर्याउनुको साथै भारतको अर्थतन्त्रलाई गम्भिर संकटमा धकेलिदिएको उनीहरुको भनाइ छ ।
पाकिस्तानसँग अमेरिका वार्षिक ३ अर्ब डलरको व्यापार घाटा छ । तर, पनि ट्रम्पले त्यो व्यापार घाटालाई केही उल्लेख नगरि उसँग व्यापार सम्झौता गर्नु भारतको लागि निकै अर्थपूर्ण भएको भारतीय अर्थ राजनीतिक क्षेत्रका विश्लेषकहरुले दावी गरिरहेका छन् ।
यस अघि भारत र अमेरिकाबीच पनि व्यापार सम्झौताको लागि पटक पटक प्रयास हुँदै आएको थियो । तर, दुवै देश आ(आफ्नो अडानबाट पछि नहटी एक अर्को देशलाई गलाउने रणनीतिमा लागेका थिए । त्यहीक्रममा ट्रम्पले भारतसँग व्यापार वार्ता समाप्त भएको घोषणा गर्दै अगस्ट १ देखि भारतका हरेक समानहरुमा २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए ।
ट्रम्पले गत जनवरीमा कार्यकाल शुरु गरेदेखि नै भारतले अमेरिकी समानहरुमा अति नै धेरै कर लिने गरेको तर अमेरिकाले भने उसलाई कर छुट दिइरहेको दावी गर्दै आफूले त्यसो हुन नदिने बताउँदै आएका थिए । ‘प्रधानमन्त्री मोदी मेरो साथी हुन तर उनले हामी माथि घात गरिरहेका छन् । भारतले हामीलाई धेरै बेच्छ, तर हामी उनीहरूलाई केही पनि बेच्दैनौं । भारतले अमेरिकी समानहरुलाई संसारमा सबैभन्दा धेरै कर लगाइरहेको छ, त्यो अब हुनु हुँदैन भन्नेमा म स्पष्ट छु,’ ट्रम्पले पटक पटक भन्दै आएका थिए । गत वर्ष भारतसँग अमेरिकाको ४१ अर्ब ५० करोड व्यापार घाटा थियो ।
अमेरिकाको विरोधको बावजूद भारतले रुससँग तेल खरिद सम्झौता गर्नु, रुसबाटै निरन्तर हतियार खरिद गर्नु, मोदीले ब्रिक्समार्फत नयाँ अन्तराष्ट्रिय मुद्रा प्रचलनमा ल्याएर डलरलाई कमजोर बनाउने प्रयास गर्नु आदी कारणले पनि ट्रम्प मोदीसँग आक्रोसित हुँदै आएका थिए । त्यसमाथि आफ्नो अपेक्षा अनुसार अमेरिकी समानहरुलाई कर छुट दिन पनि मोदी तयार नभएपछि ट्रम्पले भारतसँगको व्यापार सम्झौताबाट पछि हट्दै सबै प्रकारका भारतीय समानहरुमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन् ।
स्मरणरहोस भारतले कपडा, रत्न र आभूषण, छाला, प्लास्टिक, रसायन, तेलहन, अंगुर र केरा जस्ता धेरै श्रम पर्ने क्षेत्रहरूमा अमेरिकासँग भन्सार छुटको माग गरिरहेको छ। अर्कोतर्फ, अमेरिकाले भारतबाट कृषि र डेरी क्षेत्रमा भन्सार छुटको अपेक्षा गरेको छ। अमेरिकाले औद्योगिक उत्पादन, विद्युतीय सवारीसाधन, वाइन, पेट्रोकेमिकल उत्पादन, डेरी, स्याउ, नट र आनुवंशिक रूपले परिमार्जित बाली जस्ता कृषि उत्पादनहरूमा भन्सार घटाउन चाहेको छ। तर अमेरिकाको यो माग भारतलाई मान्न गाह्रो हुने जनाइएको छ ।
News Desk 0 response बिहिबार, साउन १६, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


