

-
म्यानमारमा चार वर्षअघि सत्ता कब्जा गरेको सैन्य सरकारले सङ्कटकाल हटाएको छ । सन् २०२१ को फेब्रुअरीमा आङ साङ सुकीको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर आफ्नो नेतृत्वमा सरकार बनाएको सेनाले त्यही बेला सङ्कटकाल घोषणा गरेको थियो ।
यसअघि नै आउँदो डिसेम्बरमा चुनाव गर्ने घोषणा गरेको सैन्य सरकारले सङ्कटकाल पनि हटाएको बेलायती पत्रिका द गार्डियनले जनाएको छ । तर चुनावको मिति भने घोषणा भएको छैन ।
विपक्षी दलहरूले चुनावमा सहभागी नहुने बताएका छन् । अहिले म्यानमारको विधायिका, कार्यपालिका र न्यायपालिका सबै सेना प्रमुख मिन आङ ह्लाइङको प्रत्यक्ष नियन्त्रण रहेको छ । यस्तो अवस्थामा निष्पक्ष चुनाव हुन नसक्ने विपक्षीहरूको भनाइ छ ।
सेनाले कु गरेर सत्ता कब्जा गरेपछि शुरू भएको गृहयुद्धमा हजारौंको ज्यान गइसकेको छ । अहिले विद्रोही सेनाले कतिपय शहरहरू नै कब्जामा लिएका छन् । सैनिक सरकारले चुनवअघि हतियार त्यागेर राजनीतिक मूलधारमा फर्किनेलाई नगद पुरस्कार घोषणा पनि गरेको द गार्डियनको खबरमा उल्लेख छ ।
सैन्य सरकारले म्यानमारकी प्रजातन्त्रवादी नेत्री सुकीलाई विभिन्न आरोपमा झन्डै ३० वर्षको सजाय तोकेको छ । चार महिनाअघि हिरासतमै ८०औं जन्मदिन मनाएकी सुकी जीवनभर जेलमै रहनसक्ने विश्लेषकहरू बताउँछन् ।
News Desk 0 response बिहिबार, साउन १६, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


