

-
कम्बोडिया र थाइल्यान्ड ‘तत्काल र विनाशर्त युद्धविराम’ गर्न सहमत भएका छन् । दुई देशका प्रधानमन्त्रीबीच मलेशियामा भएको शान्ति वार्तापछि युद्धविराममा सहमति भएको बीबीसीले जनाएको छ ।
मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले युद्धविराम स्थानीय समय अनुसार मध्यरातदेखि लागू हुने बताएका छन् । उनले यो सहमतिलाई तनाव कम गर्ने तथा शान्ति र सुरक्षा पुनस्र्थापनाका लागि एक महत्त्वपूर्ण पहिलो कदमका रूपमा उल्लेख गरेका छन् ।
गएको हप्ता कम्बोडिया र थाइल्यान्डका सेनाबीच विभिन्न सीमावर्ती क्षेत्रमा सङ्घर्ष हुँदा कम्तीमा ३३ जनाको ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशलाई वाशिङ्टनसँगको व्यापार वार्ताको पूर्वशर्तका रूपमा युद्धविराममा सहमत हुन आग्रह गरेपछि यो वार्ता भएको खबरमा उल्लेख छ । दुवै देशका नेताले ट्रम्पलाई धन्यवाद दिएका छन् ।
शान्ति वार्तामा अमेरिका र चीन दुवैका पर्यवेक्षकहरू पनि सहभागी थिए ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले यसलाई एकदमै राम्रो बैठकका रूपमा वर्णन गर्दै तुरुन्तै लडाइँ रोक्ने आशा व्यक्त गरेका छन् । थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाईले कम उत्साहित देखिए पनि युद्धविरामको सम्मान गर्ने वाचा गरेका खबरमा उल्लेख छ ।
शान्ति वार्ता चलिरहेको बेला पनि दुवै देशमा गोलाबारी र रकेटहरू निरन्तर बमबारी भइरहेका थिए ।
News Desk 0 response सोमवार, साउन १३, २०८२

सम्बन्धित शीर्षकहरु
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
आइतवार, कार्तिक २३, २०८३-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


